प्रदेश ४ को राजधानी र नामकरण : छलफल सुरु पूर्व माओवादी मौन
काठमाडाै,१७ असार । प्रदेश ४ को राजधानी र नामकरण बारे छलफल गर्न आइतबारदेखि संसदमा छलफल सुरु भएको छ । यसअघि १० असारमा बसेको बैठकले प्रदेशको राजधानी तथा नामकरणका लागि गठन भएको समितिका सभापति विन्दुकुमार थापाले समितिको प्रतिवेदन टेवुल गरेका थिए । त्यसलगतै कार्यवहाक सभामुख सृजना शर्माले संसोधन भए प्रदेश सभा सचिवालयमा दर्ता गर्न सकिने जानकारि दिदैँ १७ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी थिइन ।
दलहरुबीच आइतबारदेखि राजधानीको बारेमा छलफल सुरु गरी १८ गतेसम्म निर्णय गर्ने सहमती भएको बताइएको छ । त्यसपछि नामकरणका बारेमा छलफल सुरु गरी २० टुङ्गो लागाउने सहमती भएको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए ।
प्रदेश सभा संसदमा प्रतिनिधित्व गर्ने ५ दलले पूर्व नेकपा एमाले, नेपाली कांग्रेस र जनमोर्चाले प्रदेशको राजधानी पोखरा र नाम गण्डकी राख्ने निर्णय गरी समितिलाई जानकारी गराएका थिए । यसैगरी नयाँ शक्तिले राजधानी पोखरा र नाम गण्डकी–तमुवान, गण्डकी वा अन्नपुर्ण मध्ये एक उपयुक्त हुने निर्णय गर्दै समितिलाई आफनो निर्णय बुझाएको थियो । यस विषयमा पूर्व माओवादी मौन बसेकाले राजधानी र नामकरणको काम लम्बिएको हो ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...











