बन्न सकेन जल ऐन
ललितपुर, १७ असार । नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन ।
ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा बताउछन् । विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको थियो ।
मस्यौदा अर्थमन्त्रालय, कानून मन्त्रालय र गृहमन्त्रालय हुँदै कहिले कहाँ कहिले कहाँ पुगिरहेको छ । खोलाको धेरै नजिक बस्ती नभए त्यसबाट मानवीय र भौतिक क्षति कम हुनेछ । उनी भन्छन्, “सडकबाट यति दूरीमा घर बनाउने भने जस्तै नदीको पनि यति दूरीमा मात्रै घर बनाउन पाइने भन्ने ऐनले प्रष्ट गर्नेछ ।” यसले गर्दा स्थानीयवासी र सरकार दुवैलाई काम गर्न सहज हुनेछ ।
ऐन नहुँदा नदी र त्यस आसपासका क्षेत्रमा मानवीय अतिक्रमण बढेको छ । नदीबाट बालुवा झिक्दा कतिपय स्थानमा खोला र खेतको तह बराबरी बनेको छ । पडाडी क्षेत्रमा रुख–बिरुवाको विनाश बढ्दा पहिरो जाने क्रम बढिरहेको छ । स्थानीय निकायले जथाभावी बाटो खन्दा पहिरोको जोखिम बढेको छ । उनी भन्छन्, “तर स्पष्ट कानून नहुँदा नियमन हुन सकेको छैन ।”
वर्षेनी वर्षाको समयमा जल उत्पन्न प्रकोपका कारण धेरै जनधनको क्षति हुने गरेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












