खाने होइन जागिर, बैंक तथा बीमा कम्पनीमा कर्मचारी भर्ना आह्वान
काठमाडौं २०, असार। बैक तथा इन्स्योरेन्स कम्पनीद्वारा विभिन्न पदमा कर्मचारी भर्ना आह्वान गरिएको छ ।
ग्लोबल आइएमर्इ बैंक, सिटिजन बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदमा जागीरका लागि आवेदन खुला गरेका छन्।
ग्लोबल आइएमर्इ बैंकले सहायक प्रवन्धक, बरिष्ठ अधिकृत, अधिकृत र जुनियर अधिकृत माग गरेको छ। इच्छुक आवेदकले असार २४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
प्रभु इन्स्योरेन्स कम्पनीले ५ र ६ नम्वर प्रदेश कार्यालयको प्रमुख माग गरेको छ। त्यस्तै १, २, ४ ,५, ६ र ७ नम्वर प्रदेश शाखाको प्रवन्धक र इन्चार्ज माग गरेको छ। कम्पनीले प्रदेश नम्वर १, २, ४, ५, ६, र ७ का प्रदेश स्तरीय कार्यालयको लागि सेल्स एजुकेटिभ माग गरेको हो। आवेदकले असार ३२ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ।
त्यस्तै सिटिजन बैंकले नयाँ शाखा कार्यालयको लागि ९ पदका लागि कर्मचारी माग गरेको छ। बैंकले धनगढी र जनकपुरको लागि शाखा प्रमुखको लागि सहायक प्रमुख र बरिष्ठ अधिकृत तहका दुर्इ जना कर्मचारी माग गरेको हो।
उपत्यकाभित्र र उदयपुरको गाइघाटका लागि केहि अधिकृत स्तरको शाखा प्रमुख माग गरेको छ। जुम्ला, जाजरकोट र भोजपुर शाखा प्रमुखको लागि जुनियर अधिकृत तहको कर्मचारी माग गरेको हो। दाङ, महोत्तरी, पुर्वी रुकम, धनकुटा, रामेछाप र सोलुखुम्वुका लागि ६ जना सुपरभाइजर माग गरिएको छ। क्रेडिट डिपार्टमेन्ट, डिपोजिट मार्केटिङ, मानव संसाधन विभाग, इ बैंकिङ र क्रेडिट कार्ड डिपार्टमेन्टको लागि पनि कर्मचारी माग गरिएको बैंकले जनाएको छ। इच्छुक आवेदकले साउन ४ गतेसम्ममा आवेदन दिनु पर्नेछ।
प्राइम लाइफ इन्स्योरेन्सले पनि केहि ब्रान्च म्यानेजर र सेल्स एजुकेटिभको लागि आवदेन खुला गरेको छ। केहि उपशाखा इन्चार्ज र अप्रेसन इन्चार्ज माग गरेको छ। योग्य आवेदकले साउन २ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
प्रिमियर इन्स्योरेन्सले एकै पटक ४२ भन्दा धेरै पदका लागि आवेदन खुला गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयको लागि उप प्रमुख कार्यकारी अधिकृत सहित एक जना म्यानेजर र ब्राण्ड म्यानेजर अफिसर माग गरेको छ। विभिन्न शाखा कार्यालयको लागि ४० जना अफिसर तहका कर्मचारी माग गरेको हो। आवेदकले असार २७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












