खाने होइन जागिर, बैंक तथा बीमा कम्पनीमा कर्मचारी भर्ना आह्वान
काठमाडौं २०, असार। बैक तथा इन्स्योरेन्स कम्पनीद्वारा विभिन्न पदमा कर्मचारी भर्ना आह्वान गरिएको छ ।
ग्लोबल आइएमर्इ बैंक, सिटिजन बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदमा जागीरका लागि आवेदन खुला गरेका छन्।
ग्लोबल आइएमर्इ बैंकले सहायक प्रवन्धक, बरिष्ठ अधिकृत, अधिकृत र जुनियर अधिकृत माग गरेको छ। इच्छुक आवेदकले असार २४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
प्रभु इन्स्योरेन्स कम्पनीले ५ र ६ नम्वर प्रदेश कार्यालयको प्रमुख माग गरेको छ। त्यस्तै १, २, ४ ,५, ६ र ७ नम्वर प्रदेश शाखाको प्रवन्धक र इन्चार्ज माग गरेको छ। कम्पनीले प्रदेश नम्वर १, २, ४, ५, ६, र ७ का प्रदेश स्तरीय कार्यालयको लागि सेल्स एजुकेटिभ माग गरेको हो। आवेदकले असार ३२ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ।
त्यस्तै सिटिजन बैंकले नयाँ शाखा कार्यालयको लागि ९ पदका लागि कर्मचारी माग गरेको छ। बैंकले धनगढी र जनकपुरको लागि शाखा प्रमुखको लागि सहायक प्रमुख र बरिष्ठ अधिकृत तहका दुर्इ जना कर्मचारी माग गरेको हो।
उपत्यकाभित्र र उदयपुरको गाइघाटका लागि केहि अधिकृत स्तरको शाखा प्रमुख माग गरेको छ। जुम्ला, जाजरकोट र भोजपुर शाखा प्रमुखको लागि जुनियर अधिकृत तहको कर्मचारी माग गरेको हो। दाङ, महोत्तरी, पुर्वी रुकम, धनकुटा, रामेछाप र सोलुखुम्वुका लागि ६ जना सुपरभाइजर माग गरिएको छ। क्रेडिट डिपार्टमेन्ट, डिपोजिट मार्केटिङ, मानव संसाधन विभाग, इ बैंकिङ र क्रेडिट कार्ड डिपार्टमेन्टको लागि पनि कर्मचारी माग गरिएको बैंकले जनाएको छ। इच्छुक आवेदकले साउन ४ गतेसम्ममा आवेदन दिनु पर्नेछ।
प्राइम लाइफ इन्स्योरेन्सले पनि केहि ब्रान्च म्यानेजर र सेल्स एजुकेटिभको लागि आवदेन खुला गरेको छ। केहि उपशाखा इन्चार्ज र अप्रेसन इन्चार्ज माग गरेको छ। योग्य आवेदकले साउन २ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
प्रिमियर इन्स्योरेन्सले एकै पटक ४२ भन्दा धेरै पदका लागि आवेदन खुला गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयको लागि उप प्रमुख कार्यकारी अधिकृत सहित एक जना म्यानेजर र ब्राण्ड म्यानेजर अफिसर माग गरेको छ। विभिन्न शाखा कार्यालयको लागि ४० जना अफिसर तहका कर्मचारी माग गरेको हो। आवेदकले असार २७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












