पार्टीको स्थायी कमीटिको बैठकमा प्रचण्डले भने बजेट राम्रो आएन
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैठकमा सरकार र बजेटको आलोचना भएको छ। सरकारले देखिने तथा संस्थागत काम नगरेको भन्दै स्थायी समिति सदस्यहरुले सरकारको आलोचना गरेका हुन्।
बालुवाटारमा बसेको बैठकमा स्थायी समिति सदस्यहरुले सरकार प्रभावकारी नभएको, बजेट राम्रो नआएको तथा बजेट विनियोजन भेदभावपूर्ण भएको बताएका थिए। सरकार र बजेटमाथि स्थायी समिति सदस्यहरुले आलोचना गर्न थालेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले रुलिङ गर्दै छलफल पार्टीको नियमावलीमा केन्द्रीत गर्न आग्रह गरेका थिए।
आलोचना सुरु भएपछि नेकपाका मन्त्रीहरु टाउको निहुराएर बसेका थिए। नेकपाका धेरै स्थायी समिति सदस्य मन्त्री छन्। नेकपाले पार्टी संगठनको नियमावलीका विषयमा छलफल गर्न बैठक डाकेको थियो।
‘सरकारको सडकमा पनि सदनमा पनि हामीले प्रतिरक्षा गर्न सक्ने काम गर्नुपर्यो भनेर कुरा राखेका छौँ’, एक स्थायी समिति सदस्यले न्युज नेपालसँग भने, ‘संस्थागत, टिमबद्ध र देखिनेगरि काम गर्न सुझाव सथाीहरुबाट आए।‘
स्थायी समिति सदस्यहरुले बजेटबारे धारणा राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बजेट प्रति असन्तुष्टि राखेका थिए।
‘बजेट राम्रो आएन। बजेटका प्रति असन्तुष्टिका कारण पार्टी पंक्ति र संसदीय दल एकताबद्ध भएर लडेको छैन भनेर प्रचण्डले धारणा राख्नुभयो’, एक स्थायी समिति सदस्यले न्युज नेपालसँग भने, ‘असन्तुष्टि कस कसको के के छ कुरा गर्नुपर्यो भन्नुभयो।‘
प्रचण्डपछि धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी काम गर्ने कोशिस गरिरहेको बताएका थिए।
‘कोशिस गर्दैछौ, चीन र भारतसित पनि कुरा हुदैँछ। कतिपय काम हामीले एक्लै गर्छौ भन्दा सक्ने अवस्था छैन भनेर प्रधानमन्त्रीले जवाफ दिनुभयो’, ती स्थायी समिति सदस्यले सेतोपाटीसँग भने, ‘बजेट सानो आकारको भएका कारण धेरै काम गर्न सकिएन। पैसा नभएर हो। स्रोत खोज्दै छौँ। मिलाउँछौँ भन्ने उहाँको कुरा थियो।‘ ओलीले सरकारको आलोचना सुरु भएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए।
‘एकप्रकारको घेराबन्दी सुरु भएको छ’, ओलीको भनाई उदृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘हामीलाइ बदनाम गर्न सबै लागेका छन् भन्ने कुरा राख्नुभयो।‘
ओलीले भारत र चीन भ्रमणबारे समेत ब्रिफिङ गरेका थिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठकमा सरकारले स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन सुरु गरेको तथा दुइ देशका भ्रमणका उपलब्धि देखिदैँ जाने बताएका थिए।
‘कतिपय सन्धि सम्झौता नेपालको हितमा गर्न सफल भएको जानकारी गराउनुभयो’, श्रेष्ठले भने।
बैठकमा नेकपाको संगठन, जनवर्गिय संगठनका नियमावलीबारे सदस्यले सुझाव राखेको बैठकपछि श्रेष्ठले पत्रकारहरुलाई बताए।
बैठकमा प्रचण्डले छिटो भन्दा छिटो तल्ला पार्टी कमिटी समायोजन गर्नुपर्ने धारणा राखेका थिए। ‘स्थानिय निकाय र प्रदेशमा गरेका राम्रो कामबारे जनतालाई सम्प्रेषण गर्न पार्टी भएन भने गाह्रो हुन्छ भनेर प्रचण्डले भन्नुभयो’, एक स्थायी समिति सदस्यले भने, ‘छिटो छिटो एकता प्रक्रिया टुङ्ग्याउँ भन्ने कुरा थियो।‘
नेकपाले अर्को बैठकमा सरकारको काम र स्थानीय तहका गितिविधीबारे छलफल गर्ने श्रेष्ठले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












