के हो ‘प्रकोपाइन’ प्रविधि, बाढी नियन्त्रणमा प्रभावकारी बन्दै ‘प्रकोपाइन’ प्रविधि
विराटनगर, २३ असार । मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ ।
जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा बाढी आउँदा जमीन कटान रोकिएको छ ।
उपभोक्ताको सहयोगमा निर्माण गरिएको यो प्रविधिमार्फत तटबन्ध निर्माण पश्चात् गाउँघरका उब्जनी हुने खेताबारी संरक्षण भई किसान सकुम्वासी हुनबाट जोगिएका छन् ।
मोरङको बक्राहा , चिसांङ, लोहन्द्रा, केशलिया तथा सिंगिया खोलामा पकोपाइन प्रविधिसंँगै तारजाली गरेर तटबन्धको कामलाई समेत तीव्रता दिएको छ । पूर्वी मोरङको बक्राहा खोलामा तारजालीसहित प्रकोपाइन विधि अपनाएपछि कटान रोकिएको डिभिजन कार्यालय प्रमुुख डा देवनारायण साहाले बताए ।
रंगेली, सुुनवर्सी, रतुुवामाई नगरपालिका तथा लेटाङ गाउँपालिकाका विभिन्न खोलामा यो विधि अपनाएर तटबन्ध निर्माण गरिएको छ । बक्राहा खोलामा यो प्रविधि अपनाएर चार किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण पश्चात खोलामा बाढी आउँदासमेत पानीको बहाव नियन्त्रण हुँुदा जोखिम कम भएको डा साहको भनाइ छ ।
यो प्रविधि अपनाएपछि यस पटकको बाढी आउँदा कटान रोकिएको सुुनवर्सी नगरपालिकाका राकेश मण्डलले बताए । दीर्घकालीन तटबन्धनका लागि पर्याप्त बजेट नभएपछि स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट सस्तो र सहज हुुने यो विधि यस क्षेत्रमा प्रभावकारी बनेको हो ।
थोरै बजेटले सबैतिर तटबन्ध निर्माण समस्या उत्पन्न भएकाले कटान रोक्न र जोखिम हुुन नदिन स्थानीय सामग्रीको प्रयोग गरी उपभोक्ताको सहयोगमा यो विधि अपनाएर तटबन्ध गरिएको कार्यालय प्रमुुख डा साहको भनाइ छ ।
बाँस, बाँसको कर्ची र घाँस, पराल, भुसको प्रयोगबाट बाँसलाई दुुम्सिको काँडाको आकारमा बनाई कटान हुुने ठाउँमा तटबन्ध निर्माण गरिने गरिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












