नब्बे बर्षकी बृद्धालाई घरबाट निकाल्नेले आश्रय दिनेलाई गरे कुटपिट (भिडियोसहित)
काठमाडौं २५, असार । सबै सम्पत्ति हत्याएर ९० बर्षकी बृद्धालाई घरबाट निकाल्ने एक दम्पत्तिले ती बृद्धालाई आश्रय दिनेलाई समेत छोराछोरीलगाएर कुटपिट गरेका छन् । झापाकी बृद्धा रमा उप्रेतीलाई आश्रय दिएकी सुजाता उप्रेतीलाई ललितपुरको इमाडोल बस्दै आएका ढलौट कम्पनीका महाप्रबन्धक डा. तारानाथ मैनाली र इश्वरी मैनाली दम्पत्तिले छोराछोरी पठाएर कुटपिट गराएका हुन् ।
बुढ्यौली अबस्थामा छोरीज्वाईंले घरबाट निकालीदिएपछि रमा नातिनी सुजाताकहाँ आश्रय लिएर बस्दै आएकी थिइन् । सुजाताको सरस्वतीनगरमा डेरा छ । सामान्य चस्मा पसलमा काम गर्ने उनी दुइ छोरासहित सामान्य कमाइले गुजारा गर्दै आएकी छन् । बुढ्यौलीले अनुहारमा चाउरीका मुजैमुजा परेकी रमालाई छोरी इश्वरी र ज्वाईं तारानाथले सम्पत्ति हत्याएपछि घरमा निकालि दिएपछि सुजाताले आश्रय दिएकी थिइन् । मैनाली दम्पत्तिका छोराछोरी सयुज र स्वेच्छाले सुजातालाई उनकै डेरामा आएर कुटपिट गरेका हुन् ।
रमाले बुढ्यौली अबस्थामा ज्वाईंछोरीले अन्याय गरेको कुरा पत्रकारहरुलाई बताएपछि विभिन्न सन्चारमाध्यममा त्यसले स्थान पाएको थियो । समाचार भाइरल भएपछि मैनाली दम्पत्तिले आफ्नो बेइज्जत गरेको भन्दै सुजातालाई कुटपिट गरेका हुन् । ‘उनीहरु हजुरआमालाई घर लौजाने भनेर आए, हजुरआमाले मान्नु भएन,’ सुजाताले भनिन्, ‘त्यसपछि तिमीहरुले हाम्रो सम्पत्ति खान हजुरआमालाई उकासेका हौ भनेर मलाई घिसार्दै पिटे ।’
उनको निधारलगायत शरीरका विभिन्न भागमा चोट छ । उनलाई उपचारका लागि ओम हस्पिटलमा भर्ना गरिएको छ । प्रहरीले कुटपिट गर्नेलाई पक्राउ गरेको छ ।
मुखमा दाँत नभएर भातसमेत सिलौटामा पिसेर खानु पर्ने अबस्थाकी रमालाई रमालाई सहारा दिनुको साटो कुरा आफ्नै छोरीले सम्पत्ति सबै हत्याएर घरबाट खेदेकी थिइन् । जन्मना साथ बाबु गुमाएकी इश्वरीलाई हुकाईं, बढाइ, कमाउने बनाएकी रमा आफ्नै शिक्षिका छोरीले कब्जामा पारेको सम्पत्ति फिर्ता पाउन विभिन्न संघसंस्थाको कार्यालय धाइरहेकी छन् ।
रमा अहिले ९० बर्षे बृद्ध उमेरमा लौरो टेकेर आफ्नै छोरीज्वाईंले गरेको अन्याय सवैलाई सुनाउँदै हिँडिरहेकी छन् । उनका ५ छोरी र एक छोरा छन् । उनका नातीनातिना र पनाती पनातिनी जोड्दा ५० जना नाघ्छन् ।
रमाका छोरा श्रीमती लिएर सानैमा घरबाट निस्किए । अरु छोरीहरु हुर्केपछि बिहा गरेर पठाइन् । कान्छी छोरी ७ महिनाको गर्भमा हुँदा श्रीमान् विते । जन्मदै बाबु नदेखेकी इश्वरीलाई रमाले सारै दुख गरेर हुर्काइन् । बिहा गरेर दिए पनि छोरी इश्वरी आमाकै घरमा बस्थिन् । उनी त्यहाँको विद्यालयमा शिक्षक थिइन् । ज्वाईं डा. तारानाथ मैनाली पाटन औद्योगिक क्षेत्रमा रहेको ढलौट कम्पनीका महाप्रबन्धक थिए । साथमा छोरी हुने भएकाले उनैले बुढेसकालमा आफ्नो हेरचाह गर्लिन्, पाल्लिन भनेर रमाले आफ्नो भएको सबै चल अचल सम्पत्ति छोरीका नाममा गरिदिइन् ।
इश्वरीका छोराछोरी जन्मेपछि स्याहार्न रमा काठमाडौं आइन् । नातिनातिना हुर्काइन् । तत्कालीन मन्त्री राधाकृष्ण मैनालीलाई भनेर उनले छोरीको सरुवा काठमाडौं गराइन् । छोरी काठमाडौं आउँदा आमाले दिएको सबै श्रीसम्पत्ति छोरीले बेचेर ल्याइन् । त्यही पैसाले उनले काठमाडौंको इमाडोलमा एक रोपनीभन्दा बढी जग्गा किनेर ६ तल्ले घर बनाइन् ।
छोराछोरी हुर्काउन्जेलमात्र इश्वरीलाई आमा चाहिएको रहेछ । उनले आमालाई देख्न सक्दै छाडिन् । ‘आजै निस्केर जा, भोली नै निस्केर जा भन्न थालि,’ रमाले भक्कानिदै सुनाइ्, ‘ज्वाईंले पनि तेरो केही छैन भनेर निस्किन भने ।’
रमासँग उनकी छोरी बोल्न छाडेको १६ बर्ष भयो । ‘घरमा हुँदा आँखामात्रै तर्थी,’ रमाले भनिन्, ‘मेरो जाने ठाउँ थिएन । आँशु पिएर त्यही घरमा बसेँ । अब अति भएकाले घर छाड्न बाद्य भएको हुँ ।’ उनलाई घरमा हुँदा छोरीले पानीसमेत ताल्चा लगाएर हिँड्थिन् । कैयौं पटक उनका लुगाफाटालगायतका सामान छोरीले फ्याँकिदिइन् । तिनैलाई समेटेर उनी रात विताउन छिँडिमा पुग्थिन् । कैंयौं रात छिँडिमा काटेको रमाले पीडा सुनाइन् ।
रमाले सरकारले दिने बृद्धभत्ता समेत पाएकी छैनन् । उनको बृद्धभत्ता पाउने कागजात ज्वाइँछोरीले कब्जामा राखेका छन् । ‘बृद्ध भत्ता माग्दा किन चाहियो भन्छन्,’ उनले भनिन्, ‘सरकारले दिएको रकमसमेत आफू खुशी खर्च गर्न पाउँदिन ।’
रमाको पीडा सुन्दा जोसुकैको आँखा रसाउँछन् । आफ्नै सन्तानले आफूलाई जन्म दिने आमालाई यतिसम्म गर्न सक्छन् भनेर मानवता भएको मानिसले कल्पनै गर्न सक्दैन ।
रमाले इश्वरीलाई झापामा दिएको घरजग्गाको मूल्य अहिले १ करोडभन्दा बढी पर्छ । त्यत्रो सम्पत्तिकी मालिक रमा अहिले विहानबेलुकाको छाक टार्न हात पसार्नु पर्ने अबस्थामा पुगेकी छन् । सासुको सम्पत्ति हत्याउने तारानाथ मैनालीले झापामा रहेको घरजग्गा पहिले ऐलानी रहेको र पछि आफ्नै श्रीमतीका नाममा दर्ता भएकाले बेचर ल्याएको स्वीकारे । रमाले आफ्नो ऐलानी जग्गामा बनेको घरसहित छोरीको नाममा दर्ता गराइदिएकी थिइन् । अहिले तारानाथको परिवारले उक्त सम्पत्ति आफ्नो भएको दावी गरेका छन् ।
आमाको सम्पत्ति हत्याएर आमालाई घरबाट निकाल्ने छोरी इश्वरी राजधानीको बालुवाटारस्थित एक सरकारी विद्यालयकी शिक्षिका हुन् । उनलाई दुब्यवहार गर्ने ज्वाईं तारानाथ मैलालीले धर्मशास्त्रमा विद्याबारिधि गरेका छन् ।
रमाले आफ्नो सम्पत्ति फिर्ता गरिदिन मैनाली समाजमा समेत निवेदन दिएकी छन् । उनको निवेदनको खासै सुनुवाइ भएको छैन । अन्य निकायमा गएर न्याइ पाइने कुरा रमालाई जानकारी छैन । रमा न्याय दिलाइदिने निकायको खोजीमा छिन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











