जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
काठमाडौँ, २५ असार। व्यवस्थापिका संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भयो ।
सो पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूद्वारा प्रस्तुत सो प्रस्तावलाई सांसद अतहर मुसलमान र पार्वती डिसी चौधरीले समर्थन गरे ।
छलफलमा भाग लिँदै सांसद बालकृष्ण खाँणले संविधान प्रदत्त शिक्षा र स्वास्थ्य मौलिक अधिकारलाई उपभोग गर्न पाउन् भन्नाका लागि प्रा डा गोविन्द केसीले उठान गर्नुभएको मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्न आग्रह गरे ।
सांसद योगेश भट्टराईले प्रा डा गोविन्द केसी सरकारको हिरासतमा नरहेको चर्चा गर्दै २० जना मेडिकल सञ्चालकले मार्सीचामलको भात चरेशको थालमा खाएका छन् कि दुना टपरीमा खाएका छन् छानबिन गर्न माग गर्दै काठमाडाँै उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने जनताको मागले निर्धारण गर्छ भन्नुभयो । उहाँले भन्नुभयो– “नेकाले गोविन्द केसीको मागलाई लिएर भावनात्मक सौदाबाजी गरेको छ ।”
सांसद विमलप्रसाद श्रीवास्तवले चिकित्स शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि छिटो नयाँ विधेयक ल्याउन माग गरे ।
सांसद डा मीनेन्द्र रिजालले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि माथेमा आयोगको भावना अनुसार अधिल्लो सरकारले जारी गरेको अध्यादेश अनुरुप नयाँ विधेयक ल्याउन माग गर्दै सत्ताको उन्मुखमा सरकारले डा केसीको मागलाई बेवास्ता गर्नु दुःखद रहेको टिप्पणी गरे ।
सांसद खगराज अधिकारीले प्रादेशिक अधिकारलाई खोस्ने काम सार्वजानिक महत्वको प्रस्ताव गरेको भन्दै डा केसीको १४ पटकसम्मको मागमा सहमति गर्ने कुन पार्टी हो ? भन्ने प्रश्न गरे ।
सांसद सरिता गिरीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका अहं रहेको हुँदा प्रमुख प्रतिपक्षी दलले पेश गरेको जरुरी सार्वजानिक प्रस्ताव र डा केसीको मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद मानबहादुर विश्वकर्माले प्रस्तावलाई समर्थन गर्दै अधिल्लो सरकारले जारी गरेको चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि विधेयकको भावनाअनुरुप नयाँ विधेयक ल्याउन माग गरे।
सांसद रेखा शर्माले डा गोविन्द केसीको मागलाई छिटो भन्दा छिटो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउँदै उपत्यकामा कति मेडिकल खोल्न पाउने भन्ने कुराको निर्धारण आवश्यकताले सम्बोधन हुने बताए ।
सांसद पुष्पा भुषाल गौतमले सार्वजानिक महत्वको प्रस्तावलाई समर्थन गर्दै डा केसी जुम्लामा अनशन बस्दा सरकार किन बेखबर रह्यो भन्ने प्रश्न गर्नुभयो । सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकाले विधि, प्रक्रिया विपरीत जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएको हुँदा प्रस्ताव फिर्ता लिन माग गरे।
सांसद पद्मनारायण चौधरी, नारदमुनि राना, ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा भाग लिएका थिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












