अबिरल बर्षाले निन्द्रा लुट्यो डुबान बस्तीका बासिन्दाको
भक्तपुर २९,असार। हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।
भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका हुन् ।
टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि बिचल्लीमा परेका छन् । कतिपयले खोला किनाराको आफ्नो बस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् ।
पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरुको अवस्था पनि उस्तै रह्यो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि रातभर अनिदोमै रात बिताउनुपरेको पीडितले बताएका छन् ।
मध्यपुरथिमि राधेराधे बस्ने शर्मिला पाठकले रात अनिदोमै बितेको बताए । भाडामा बस्दै आएको उनका परिवारका चारैजनाको रात नसुतिकनै बित्यो । उनले भनिन, “दिउँसो बाढी घटे पनि कोठाभित्र पसेको पानी घटेन । कोठामा चार फिटमाथिसम्म पानी भरिएको छ । एक्लैले पानी झिक्न सकिँदैन, ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो । के खाने, कहाँ सुत्ने पत्तो छैन ।”
यहाँका बस्तीमा भुइँतलामा भाडामा बस्नेहरुको बिचल्ली भएको छ । सँगैका अशोक थापाले भने, “खानेपानीसमेत छैन, पानी ट्याङ्करले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौँ । यहाँ धेरैको यस्तै बिचल्ली छ । कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।”
निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसेको छ । कमेरोटार भाटभटेनी पछाडि तीनतले घरको भुइँतलामा भाडामा बस्दै आएकी सिर्जना श्रेष्ठले भनिन, “कोठामा पानीसँगै पसेको माटो, हिलो दुई फिटसम्म जमेको छ, भित्र जानेसम्म अवस्था छैन । सुत्ने त कहाँ कहाँ ? सबै एकै ठाउँमा कोचिएर अनिदोमै रात बिताइयो ।”
व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुइँतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौँका सामान नष्ट भएको छ । थिमिमा सञ्चालित सामसुङ कम्पनीलगायत विभिन्न इलेक्ट्रोनिक्स फर्म, बिक्री पसल, किराना पसल, सिमेन्ट लगायतका निर्माण सामग्री डुबेर नष्ट हुँदा करोडौँको क्षति भएको छ । खानेपानीको वितरण शुरु
मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशनअनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा आजदेखि खानेपानी वितरण शुरु भएको छ । मध्यपुरथिमिको टोल टोलमा १८ वटा ट्याङ्करबाट खानेपानी वितरण शुरु गरिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । भक्तपुरमा पनि खानेपानी वितरण शुरु भएको छ ।
मृतक परिवारलाई रकम हस्तान्तरण
अविरल वर्षाका कारण आएको पहिरोमा तीन सदस्य गुमाएको पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँका ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा र दुई वर्ष छ महिनाकी नातिनी सम्पदा लामाको मृत्यु भएको थियो । जिल्ला दैवी उद्धार समितिले आज पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो । मानवीय आस्था नेपाल र नेपाल रेडक्रस सोसाइटीले आजदेखि राहत रकम वितरण गर्न थालेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












