तपाईँ जथाभावी बाटो काट्दै हुनुन्छ ? होसियार, जेब्रा क्रसिङ वा आकाशे पुलको प्रयोग नगरे २ घण्टा प्रशिक्षण लिनुपर्ने
काठमाडौं ३१, असार । तपाई जेब्रा क्रसिङ, आकाशे पुल, सब–वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? वा सडकको फुटपाथ छाडेर बीच सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, त्यसो भए अब तपाईंले ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको हो ।
महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ ।
उनका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ’, पन्तले भने ।
महाशाखाका अनुसार हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल छन् ।
ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एक/एक जना जुनियर अधिकृतलाई खटाउने भएको छ ।
जस अनुसार ठिमीमा प्रहरी निरीक्षक जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटानी, पुरानो बसपार्कमा बाबुकाजी गिरी र केशरमहलमा गोकर्ण नेपालको नेतृत्वमा प्रशिक्षण हुनेछ ।
त्यस्तै, सिंहदरबार क्षेत्रमा बेनप्रसाद श्रेष्ठ, गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजकुमार न्यौपाने, कालिमाटीमा प्रतित सिंह राठौर र जावलाखेलमा सिताराम हाछेथुले प्रशिक्षण दिने महाशाखाले जनाएको छ ।
जेब्रा क्रसिङ र सडकपेटीबाट नहिंडेका यात्रुमाथि गत वर्ष १६ जेठदेखि लेहि समयसम्म ट्राफिक प्रहरीले कारवाही स्वरुप २०० जरिवाना गरेपनि तत्कालिन गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को ठाडो निर्देशनमा जरिवाना हटाइएको थियो । त्यस्तै, पैसा तिर्नु नसक्ने वा नचाहनेका लागि भने प्रहरीले कार्यालयमा ३ घण्टा नियन्त्रणमा राखेर छाड्ने गरेको थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












