पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने
पेरिस, ३१ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।
सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।
दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।
अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।
यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो ।
त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्नुहुने भएको बताइएको छ । विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतिक्षित वार्ताका रुपमा पनि लिएका छन् ।
उनीहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।
पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने भएको रुसबाट प्राप्त समाचारमा जनाइएको छ । हेलसिन्की वार्तापछि उनीहरुको पत्रकार सम्मेनल हुने छ ।
क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको गत शुक्रबार मस्कोमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
दुई शक्तिशाली राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी रुसी सञ्चारमाध्यमहरुले दिएका छन् । साथै ती सञ्चारले यी दुई राज्यप्रमुखहरुले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि आ–आफ्ना अनुमानहरुमा समाचार बनाएका छन् ।
एक अर्काले विपरित धारको नेतृत्व गर्दै आउनु भएका तथा पछिल्लो समयमा विविध विषयमा एक अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
यसअघि उनीहरूबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो । त्यस समयमा उहाँहरुबीच छिट्टै वार्ता गर्ने सहमति भएको बताइएको थियो ।
तर त्यसपछि भने उनीहरु पहिलोपटक सोमबार भेट हुन लागेका हो ।
पुटिन मेरा प्रतिश्पर्धी: ट्रम्प
यसैबीच राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो एकजना ‘प्रतिश्पर्धी’ मात्र भएको टिप्पणी गरेका थिए ।
गतहप्तामात्र ब्रसेल्समा भएको एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई आफ्नो शत्रु भने नभएको प्रतिक्रिया दिएका हुन् ।
ब्रसेल्सको उक्त सम्मेलनपछि आयोजना भएको एक पत्रकार सम्मेलनका क्रममा एकजना पत्रकारले उनीलाई “के पुटिन तपाईको सत्रु हुन् ?” भनेर प्रश्न सोधेका थिए ।
त्यस प्रश्नको जवाफमा उनले भने “होइन, पुटिन मेरा सत्रु होइनन्, बरु उनी मेरा प्रतिश्पर्धी चाहिँ होलान् ।”
त्यस प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो– “पुटिन मेरा प्रतिश्पर्धी भने अवश्य हुन्, किनभने उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु, ।”
बेल्जियमको ब्रसेल्समा गतहप्ता नेटो राष्ट्रहरुको एक शिखर सम्मेलन भएको थियो । त्यस क्रममा उहाँले यो अभिव्यक्ति दिएका थिए ।
उक्त सम्मेलनकै क्रममा पनि राष्ट्रपति ट्रम्पले आगामी हप्ता पुटिनसँग आफ्नो भेटहुने जानकारी दिएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












