नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह
प्योङयाङ, ३१ असार । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।
गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए ।
हाल उत्तर कोरियाले निशस्त्रीकरणको पालना गरेको बताएको छ । यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
यसैकारण उत्तर कोरियाले पनि आफूलाई विगतमा नाकाबन्दीका कारण विश्व समुदायबाट अलग्याउने प्रयत्न गरिएको भन्दै हाल आफूले निशस्त्रीकरणको विषयमा सिङ्गापुर वार्ताको पालना गरेको भन्दै आफूमाथिको नकाबन्दी हटाउन माग गरेको हो ।
आइतबार प्योङ्याङमा केही चिनियाँ अधिकारीसँगको भेटकाक्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यो माग गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
यो प्रस्ताव उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गत महिना भएको भेटका क्रममा पनि राख्नुभएको जापानी पत्रिका योमिउरी सिम्बुनले लेखेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग सो आग्रह गर्नुभएको जापानी पत्रिकाले आइतबारको संस्करणमा गत महिना दिइएको थियो ।
आफ्ना देशका विरुद्धको नाकाबन्दी हटाउनुपर्ने उत्तर कोरियाको माग रही आएको छ । यस विषयमा चीनको भने कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि विश्वलाई नै धम्की दिनेगरी उत्तर कोरियाले एकोहोरोरुपमा अणुअस्त्र उत्पादनको काम गर्दै आएको थियो । त्यसपछि भने चीन मात्र नभएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












