सरकारको एचआइभी नियन्त्रण कार्यक्रम खासै प्रभावकारी भएन
काठमाडौँ ३२, असार । भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।
सन् २०१०मा सो दर शून्य दशमलव ८ रहेकामा आठ वर्षको अन्तरालमा सो दर शून्य दशमल ५ मा मात्र झरेको छ । सन् २००८ मा सो दर ३ दशमलव ३ रही उच्चबिन्दुमा रहेको थियो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा अछाम, डोटी, कैलाली र कञ्चनपुर गरी चार जिल्लाका ४०० महिलामा गरिएको सर्वेक्षणले सरकारका एचआइभी नियन्त्रणका कार्यक्रम खासै प्रभावकारी नभएको देखाएको हो ।
अर्काेतर्फ महिला यौन व्यवसायीहरुमा एचआइभी वृद्धिदरमा भने सर्वेक्षणले केही सुधारको संकेत देखाएको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरीसहित धादिङ, मकवानपुरलगायतका २२ जिल्लामा गरिएको सर्वेक्षणले सन् २०१५ मा शून्य दशमलव ८ रहेको सो दर सन् २०१८ मा शून्य दशमलव ७ मा झरेको देखाएको छ ।
केन्द्रका उपमहानिर्देशक डा पुरुषोत्तमराज सेँढाईले एचआइभीको रोकथामका लागि बनेका नीति, योजना तथा कार्यक्रमको अवस्था र एचआइभीको अवस्था बुझ्न सर्वेक्षणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सर्वेक्षणले पुरुष समलिङ्गी-तेस्रोलिङ्गीमा एचआइभीको वृद्धिदर ८ दशमलव २ मा झरेको देखाएको छ । झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लाका ३४० जनामा सो सर्वेक्षण गरिएको थियो ।
कार्यक्रममा केन्द्रका जनस्वास्थ्य अनुुुसन्धान अधिकृत वीरबहादुर रावलले एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको जानकारी दिए।
केन्द्रले सन् २००३ देखि यस किसिमको सर्वेक्षण गर्दै आएको छ । भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीहरुमा एचआइभीको वृद्धिदरमासमेत सुधार हुँदै आएको देखाएको छ । सार्वजनिक सर्वेक्षणका अनुसार उनीहरुमा शून्य दशमलव ३ प्रतिशत सो दर रहेको भेटिएको छ । यसैगरी भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा सो दर शून्य दशमलव ५ र महिला यौनकर्मीमा शून्य दशमलव ७ रहेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












