प्रदेश नं ७ को रोजगारीको प्रमुख गन्तव्य भारत
भीमदत्तनगर ३२, असार । मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् ।
विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नं ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०.१४ प्रतिशत रोजगारीका लागि गएका हुन् ।
तथ्याङ्क कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार प्रदेश नं ७ का नौवटै जिल्लाका बासिन्दाको रोजगारीको प्रमुख गन्तव्य नै भारत रहेको छ । तथ्याङ्कअनुसार प्रदेश नं ७ को कैलालीबाट ५६ हजार, कञ्चनपुरबाट ३१ हजार, अछामबाट २० हजार, दार्चुलाबाट पाँच हजार, बझाङबाट २१ हजार, डोटीबाट २२ हजार, डडेल्धुराबाट १० हजार, बैतडीबाट १९ हजार र बाजुराबाट सात हजार महिला तथा पुरुष रोजगारी गर्न भारत गएका छन् ।
एक लाख ४४ हजार पुरुष रोजगारीका लागि गएका छन् भने संस्थागत रोजगारीका लागि आठ हजारभन्दा बढी गएको तथ्याङ्क छ । प्रदेश नं ७ का ३५ हजार नागरिक भारतमा आश्रित रहेको तथ्याङ्क कार्यालयका निर्देशक आचार्यले बताए ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको जौलजिवी, दत्तु र खलंगालगायतका नाकाबाट बढी संख्यामा यहाँका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।
“हामीले रोजगारीका नाममा भारत पलायन हुनेको तथ्यांक राखेका छैनौँ,” आचार्यले भने, “भारत गएर फर्किनेको तथ्याङ्कमात्रै संकलन गरिएको छ ।” भारत जानेमा ३५ हजार भन्दा बढी महिला रहेका छन् ।
भारत रोजगारीका लागि गएकाहरुको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्याङ्कमा देखिएको छ । भारत गएकामध्ये एक लाख चार हजार जनाले प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएको देखिएको छ ।
दैनिक एक हजार ५०० देखि दुई हजार नागरिक गड्डाचौकी नाका भएर भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले बताए । “कतिपयलाई भारतको कुन ठाउँमा रोजगारीका लागि जान लागेको भन्ने थाहा हुँदैन,” उनले भने, “यहाँबाट भारतको सिमला, दिल्ली, देहरादुन, बैंग्लोर, हरियाणा, पञ्जावलगायतका ठाउँमा बढी जाने गरेका छन् ।”
त्यसैगरी, प्रदेश नं ७ बाट पाँच हजारभन्दा बढी अध्ययनका लागि भारत गएको तथ्याङ्क छ । एक हजारभन्दा बढी भारतमा व्यवसाय गर्न गएका छन् । द्वन्द्वका समयमा दुई सय ७१ जना भारत पलायन भएका बताइएको छ ।
बर्खाको खेती सकेर भारत जान लागेका बेल्डाँडी रतनपुरका राजबहादुर सिंह आफू रोजगारीका लागि लामो समय भारत जाने गरेको बताउचन । “यहाँ त्यत्तिक्कै बसेर के गर्नु”, उनले भने, “तेस्रो मुलुक जान सक्ने आर्थिक अवस्था छैन ।”
सिंहसँगै भारतको सिमलामा स्याउ टिप्न जान लागेका शुक्लाफाँटा नगरपालिकाका रत्न चौधरी विगत आठ वर्षदेखि रोजगारीका लागि जाने गरेको बताए ।
“खेतीपाती र चाडपर्वका बेला मात्र घर फर्किन्छ,” उनले भने, “अरु समय भारतमा मजदूरी गर्न जानु बाध्यता बनेको छ ।”
भारतसँगै युरोप र तेस्रो मुलुक रोजगारी, अध्ययनलगायत कामका लागि जाने प्रदेश नं ७ का स्थानीयवासीको तथ्याङ्कसमेत संकलन गरिएको छ । युरोपलगायत तेस्रो मुलुक यहाँबाट हालसम्म २० हजारको संख्यामा नागरिक गएको तथ्याङ्क छ । चीन, अष्ट्रेलिया, अमेरिका, बहराइन, क्यानडा, साउदी अरब, कुबेत, दुबईलगायत देशमा प्रदेश नं ७ का बासिन्दा गएका छन्
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











