प्रदेश नं ७ को रोजगारीको प्रमुख गन्तव्य भारत
भीमदत्तनगर ३२, असार । मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् ।
विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नं ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०.१४ प्रतिशत रोजगारीका लागि गएका हुन् ।
तथ्याङ्क कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार प्रदेश नं ७ का नौवटै जिल्लाका बासिन्दाको रोजगारीको प्रमुख गन्तव्य नै भारत रहेको छ । तथ्याङ्कअनुसार प्रदेश नं ७ को कैलालीबाट ५६ हजार, कञ्चनपुरबाट ३१ हजार, अछामबाट २० हजार, दार्चुलाबाट पाँच हजार, बझाङबाट २१ हजार, डोटीबाट २२ हजार, डडेल्धुराबाट १० हजार, बैतडीबाट १९ हजार र बाजुराबाट सात हजार महिला तथा पुरुष रोजगारी गर्न भारत गएका छन् ।
एक लाख ४४ हजार पुरुष रोजगारीका लागि गएका छन् भने संस्थागत रोजगारीका लागि आठ हजारभन्दा बढी गएको तथ्याङ्क छ । प्रदेश नं ७ का ३५ हजार नागरिक भारतमा आश्रित रहेको तथ्याङ्क कार्यालयका निर्देशक आचार्यले बताए ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको जौलजिवी, दत्तु र खलंगालगायतका नाकाबाट बढी संख्यामा यहाँका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।
“हामीले रोजगारीका नाममा भारत पलायन हुनेको तथ्यांक राखेका छैनौँ,” आचार्यले भने, “भारत गएर फर्किनेको तथ्याङ्कमात्रै संकलन गरिएको छ ।” भारत जानेमा ३५ हजार भन्दा बढी महिला रहेका छन् ।
भारत रोजगारीका लागि गएकाहरुको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्याङ्कमा देखिएको छ । भारत गएकामध्ये एक लाख चार हजार जनाले प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएको देखिएको छ ।
दैनिक एक हजार ५०० देखि दुई हजार नागरिक गड्डाचौकी नाका भएर भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले बताए । “कतिपयलाई भारतको कुन ठाउँमा रोजगारीका लागि जान लागेको भन्ने थाहा हुँदैन,” उनले भने, “यहाँबाट भारतको सिमला, दिल्ली, देहरादुन, बैंग्लोर, हरियाणा, पञ्जावलगायतका ठाउँमा बढी जाने गरेका छन् ।”
त्यसैगरी, प्रदेश नं ७ बाट पाँच हजारभन्दा बढी अध्ययनका लागि भारत गएको तथ्याङ्क छ । एक हजारभन्दा बढी भारतमा व्यवसाय गर्न गएका छन् । द्वन्द्वका समयमा दुई सय ७१ जना भारत पलायन भएका बताइएको छ ।
बर्खाको खेती सकेर भारत जान लागेका बेल्डाँडी रतनपुरका राजबहादुर सिंह आफू रोजगारीका लागि लामो समय भारत जाने गरेको बताउचन । “यहाँ त्यत्तिक्कै बसेर के गर्नु”, उनले भने, “तेस्रो मुलुक जान सक्ने आर्थिक अवस्था छैन ।”
सिंहसँगै भारतको सिमलामा स्याउ टिप्न जान लागेका शुक्लाफाँटा नगरपालिकाका रत्न चौधरी विगत आठ वर्षदेखि रोजगारीका लागि जाने गरेको बताए ।
“खेतीपाती र चाडपर्वका बेला मात्र घर फर्किन्छ,” उनले भने, “अरु समय भारतमा मजदूरी गर्न जानु बाध्यता बनेको छ ।”
भारतसँगै युरोप र तेस्रो मुलुक रोजगारी, अध्ययनलगायत कामका लागि जाने प्रदेश नं ७ का स्थानीयवासीको तथ्याङ्कसमेत संकलन गरिएको छ । युरोपलगायत तेस्रो मुलुक यहाँबाट हालसम्म २० हजारको संख्यामा नागरिक गएको तथ्याङ्क छ । चीन, अष्ट्रेलिया, अमेरिका, बहराइन, क्यानडा, साउदी अरब, कुबेत, दुबईलगायत देशमा प्रदेश नं ७ का बासिन्दा गएका छन्
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












