रेमिट्यान्समा गिरावट, वैदेशिक रोजगारीमा जाने १५ प्रतिशत घटे
काठमाण्डौँ ३, साउन । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।
आर्थिक वर्ष २०७२-२०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६ सय ३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । यसरी हेर्दा विगत ३ वर्षमा बर्सेनि ८ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिन्छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।
वैदेशिक रोजगारीका लागि प्रमुख ३ गन्तब्य कतार, मलेसिया र साउदी अरबमा जाने नेपाली युवाको संख्या घटेको पाइएको छ ।विशेषगरी खाडी राष्ट्रहरूको तेल उत्पादनमा ह्रास आएको र २०७२ को भूकम्पपश्चात् पुनर्निमाणका क्रममा आन्तरिक रोजगारी बढेसँगै ३ वर्षयता वैदेशिक रोजगारी विदेशीने नेपालीको संख्या घटदै गइरहेको वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्नु नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएपनि यसबाट मुलुकको वैदेशिक व्यापारघाटा सन्तुलन गर्ने विप्रेषण (रेमिट्यान्स) घट्ने भएकाले तत्कालका लागि भने यसबाट असर पर्ने देखिन्छ। वैदेशिक रोजगार विभागबाट कामदारको मागमा प्रदान भएको पूर्वस्वीकृतिअनुसार निःशुल्क भिसा र टिकट प्रावधान लागू भएपश्चात् मलेसियासहित खाडीका सात देशबाट नेपाली कामदारहरूको मागमा कमी नआएका उल्लेख छ ।
यसरी हेर्दा वैदेशिक रोजगारी विदेश जाने नेपालीको घटनुमा निःशुल्क भिसा र टिकट प्रावधानको भुमिका नरहेको देखिन्छ ।पछिल्लो दुई वर्षको अवधिमा मलेसिया र साउदी अरेबियाबाट हुने कामदारको मागमा भने धेरै कमी आएको छ । समग्रमा कामदारको मागमा कमी नआए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने पछिल्ला वर्षहरूमा घट्दै गएको छ । यसको अर्को प्रमुख कारणमा मागभन्दा पनि आपूर्ति पक्ष बढी जिम्मेवार देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।नेपाली अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषण आप्रवाहले गरिबी निवारण एवं सामाजिक विकासमा विप्रेषणको उच्च योगदान रहेको छ । कामका लागि विदेश जाने कुल व्यक्तिमध्ये करिब ९५ प्रतिशत सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेका देशहरूमा जाने गरेका छन् । त्यसैगरी, नेपाल भित्रिने कुल विप्रेषणमा यी देशहरूको हिस्सा करिब ७० प्रतिशत छ ।
निःशुल्क भिसा र टिकट कार्यान्वयन भएन निःशुल्क भिसा र टिकटको व्यवस्थामा थुप्रै समस्याहरू देखिएको राष्ट्र बैकको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूकाअनुसार यस व्यवस्थामा सरकारी अनुगमन कमजोर रहेको र म्यानपावर व्यवसायीहरूले अपारदर्शी ढंगबाट रकम लिने गरेको जस्ता गुनासा रहेका छन् ।
त्यसैगरी, वैदेशिक रोजगार व्यवसायीले यो प्रावधान गन्तव्य मुलुकको सरकारसँग सम्झौता नगरी देशमा मात्र लागू गर्न खोजिएको, अझै पनि एजेन्टमार्फत् अतिरिक्त रकम भुक्तानी गरी माग ल्याउनु पर्ने अवस्था रहेको, निःशुल्क भिसा र टिकटमा गएका व्यक्तिले समयावधि भन्दा अघि नै काम छोड्ने गरेका, गएका व्यक्तिले काम छोडेमा कम्पनीले मेनपावरबाट कामदार लैजादाको रकम असुल्ने र म्यानपावर कम्पनीबीच नै अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको जस्ता समस्या देखाएका छन् ।
(श्रम स्वीकृतिको तथ्यांक)
आव युवा संख्या घटेको प्रतिशत
२०७२-७३ ४ लाख १८ हजार ७ सय १८.३६
२०७३-७४ ३ लाख ८३ हजार ४ सय ८.४१
२०७४-७५ ३ लाख ५४ हजार ८.३१
स्रोतः वैदेशिक रोजगार विभाग
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












