रेमिट्यान्समा गिरावट, वैदेशिक रोजगारीमा जाने १५ प्रतिशत घटे
काठमाण्डौँ ३, साउन । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।
आर्थिक वर्ष २०७२-२०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६ सय ३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । यसरी हेर्दा विगत ३ वर्षमा बर्सेनि ८ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिन्छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।
वैदेशिक रोजगारीका लागि प्रमुख ३ गन्तब्य कतार, मलेसिया र साउदी अरबमा जाने नेपाली युवाको संख्या घटेको पाइएको छ ।विशेषगरी खाडी राष्ट्रहरूको तेल उत्पादनमा ह्रास आएको र २०७२ को भूकम्पपश्चात् पुनर्निमाणका क्रममा आन्तरिक रोजगारी बढेसँगै ३ वर्षयता वैदेशिक रोजगारी विदेशीने नेपालीको संख्या घटदै गइरहेको वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्नु नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएपनि यसबाट मुलुकको वैदेशिक व्यापारघाटा सन्तुलन गर्ने विप्रेषण (रेमिट्यान्स) घट्ने भएकाले तत्कालका लागि भने यसबाट असर पर्ने देखिन्छ। वैदेशिक रोजगार विभागबाट कामदारको मागमा प्रदान भएको पूर्वस्वीकृतिअनुसार निःशुल्क भिसा र टिकट प्रावधान लागू भएपश्चात् मलेसियासहित खाडीका सात देशबाट नेपाली कामदारहरूको मागमा कमी नआएका उल्लेख छ ।
यसरी हेर्दा वैदेशिक रोजगारी विदेश जाने नेपालीको घटनुमा निःशुल्क भिसा र टिकट प्रावधानको भुमिका नरहेको देखिन्छ ।पछिल्लो दुई वर्षको अवधिमा मलेसिया र साउदी अरेबियाबाट हुने कामदारको मागमा भने धेरै कमी आएको छ । समग्रमा कामदारको मागमा कमी नआए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने पछिल्ला वर्षहरूमा घट्दै गएको छ । यसको अर्को प्रमुख कारणमा मागभन्दा पनि आपूर्ति पक्ष बढी जिम्मेवार देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।नेपाली अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषण आप्रवाहले गरिबी निवारण एवं सामाजिक विकासमा विप्रेषणको उच्च योगदान रहेको छ । कामका लागि विदेश जाने कुल व्यक्तिमध्ये करिब ९५ प्रतिशत सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेका देशहरूमा जाने गरेका छन् । त्यसैगरी, नेपाल भित्रिने कुल विप्रेषणमा यी देशहरूको हिस्सा करिब ७० प्रतिशत छ ।
निःशुल्क भिसा र टिकट कार्यान्वयन भएन निःशुल्क भिसा र टिकटको व्यवस्थामा थुप्रै समस्याहरू देखिएको राष्ट्र बैकको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूकाअनुसार यस व्यवस्थामा सरकारी अनुगमन कमजोर रहेको र म्यानपावर व्यवसायीहरूले अपारदर्शी ढंगबाट रकम लिने गरेको जस्ता गुनासा रहेका छन् ।
त्यसैगरी, वैदेशिक रोजगार व्यवसायीले यो प्रावधान गन्तव्य मुलुकको सरकारसँग सम्झौता नगरी देशमा मात्र लागू गर्न खोजिएको, अझै पनि एजेन्टमार्फत् अतिरिक्त रकम भुक्तानी गरी माग ल्याउनु पर्ने अवस्था रहेको, निःशुल्क भिसा र टिकटमा गएका व्यक्तिले समयावधि भन्दा अघि नै काम छोड्ने गरेका, गएका व्यक्तिले काम छोडेमा कम्पनीले मेनपावरबाट कामदार लैजादाको रकम असुल्ने र म्यानपावर कम्पनीबीच नै अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको जस्ता समस्या देखाएका छन् ।
(श्रम स्वीकृतिको तथ्यांक)
आव युवा संख्या घटेको प्रतिशत
२०७२-७३ ४ लाख १८ हजार ७ सय १८.३६
२०७३-७४ ३ लाख ८३ हजार ४ सय ८.४१
२०७४-७५ ३ लाख ५४ हजार ८.३१
स्रोतः वैदेशिक रोजगार विभाग
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












