राजनीतिक भुमरिमा पिल्सियो नेप्से
काठमाडौं ४,साउन । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको एक वर्ष पूरा नहुँदै सरकारले बर्खास्त गरेपछि अदालत पुगेका चन्द्रसिंह साउद पुनः बहाली भएका छन् ।
अदालतबाट पुनर्बहाली आदेश पाएका चन्द्रसिंह साउद नेप्से पुग्दा नेप्से अध्यक्षले हाजिर गर्न हतार नगर्न भनेपछि फर्केका थिए । “बुधबार अध्यक्षले अर्थ मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने भनेपछि फर्केको थिए,” साउदले भने, “बिहीबारदेखि नियमित जान्छु ।” सरकारले साउदलाई बर्खास्त गरेपछि अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालले अर्को निर्णय नहुँदासम्मका लागि प्रमुख कार्यकारीको जिम्म सम्हालेका थिए । साउदले अदालतको आदेशअनुसार बिहीबारदेखि कामममा जाने बताए ।
उता नेप्सेमा अनलाइन प्रणाली इन्टिग्रेट गर्ने क्रममा प्राविधिक समस्यासमेत आएपछि बिहीबार सेयर कारोबार केही बाधा पुग्यो । नेप्से प्रमुखको लफडा तथा सिस्टमको समस्याका कारण सेयर लगानीकर्ता समेत अन्योलमा देखिए । बुधबार नेप्सेको बेवसाइटमा समेत समस्या आएको थियो । यसले गर्दा लगानीकर्ता सेयर बजारको प्रत्यक्ष सूचना लिएर कारोबार गर्नबाट बञ्चित भए
।
बुधबार नेप्से परिसूचक साढे ५ अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२ सयभन्दा माथि रहेको नेप्से ५.५४ अंकले घटेर ११९८.७७ अंकमा झरेको छ । नेप्से संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.४७, व्यापार २.७९, विकास बैंक ९.७२, जलविद्युत् १४.४१, निर्जीवन बिमा ६१.६१, उत्पादनमूलक २.०४, अन्य १.३८, लघुवित्त १५.९२ र जीवन बिमा कम्पनी ६७.६५ अंकले घटेको छ । तर, वित्त समूह ०.६७ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार नेप्सेमा १३९ कम्पनीको २ हजार ३०५ कारोबारबाट १७ करोड ५३ लाख रुपैयाँबराबरको ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर खरिद बिक्री भयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












