राजनीतिक भुमरिमा पिल्सियो नेप्से
काठमाडौं ४,साउन । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको एक वर्ष पूरा नहुँदै सरकारले बर्खास्त गरेपछि अदालत पुगेका चन्द्रसिंह साउद पुनः बहाली भएका छन् ।
अदालतबाट पुनर्बहाली आदेश पाएका चन्द्रसिंह साउद नेप्से पुग्दा नेप्से अध्यक्षले हाजिर गर्न हतार नगर्न भनेपछि फर्केका थिए । “बुधबार अध्यक्षले अर्थ मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने भनेपछि फर्केको थिए,” साउदले भने, “बिहीबारदेखि नियमित जान्छु ।” सरकारले साउदलाई बर्खास्त गरेपछि अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालले अर्को निर्णय नहुँदासम्मका लागि प्रमुख कार्यकारीको जिम्म सम्हालेका थिए । साउदले अदालतको आदेशअनुसार बिहीबारदेखि कामममा जाने बताए ।
उता नेप्सेमा अनलाइन प्रणाली इन्टिग्रेट गर्ने क्रममा प्राविधिक समस्यासमेत आएपछि बिहीबार सेयर कारोबार केही बाधा पुग्यो । नेप्से प्रमुखको लफडा तथा सिस्टमको समस्याका कारण सेयर लगानीकर्ता समेत अन्योलमा देखिए । बुधबार नेप्सेको बेवसाइटमा समेत समस्या आएको थियो । यसले गर्दा लगानीकर्ता सेयर बजारको प्रत्यक्ष सूचना लिएर कारोबार गर्नबाट बञ्चित भए
।
बुधबार नेप्से परिसूचक साढे ५ अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२ सयभन्दा माथि रहेको नेप्से ५.५४ अंकले घटेर ११९८.७७ अंकमा झरेको छ । नेप्से संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.४७, व्यापार २.७९, विकास बैंक ९.७२, जलविद्युत् १४.४१, निर्जीवन बिमा ६१.६१, उत्पादनमूलक २.०४, अन्य १.३८, लघुवित्त १५.९२ र जीवन बिमा कम्पनी ६७.६५ अंकले घटेको छ । तर, वित्त समूह ०.६७ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार नेप्सेमा १३९ कम्पनीको २ हजार ३०५ कारोबारबाट १७ करोड ५३ लाख रुपैयाँबराबरको ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर खरिद बिक्री भयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












