पुटिनलाई अमेरिका भ्रमणका लागि निम्तो दिएलगत्तै तयारी सुरु
काटमाण्डाैँ ४,साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि निम्तो दिएका छन् । यसबारे ह्वाइट हाउसका अधिकारीहरूले जानकारी दिएका हुन् ।
ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ ।
ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डको राजधानीमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको प्रसङ्ग सार्वजनिक भएलगत्तै कतिपय अमेरिकी अधिकारीले आश्चर्य प्रकट गरेका छन् ।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको खबरप्रति आश्चर्य व्यक्त गरेका छन्।
एक सम्मेलनमा हाँसेर बोल्दै उनले ‘त्यो भ्रमण विशेष हुने’ प्रतिक्रिया दिएका छन्।
उनले हेलसिन्की बैठकमा ट्रम्प र पुटिनबीच भएको कुराकानीबारे आफूलाई केही थाहा नभएको बताए ।
यद्यपी, रुसको भने यसबारे केही प्रतिक्रिया आएको छैन ।
हेलसिन्की बैठकपछिको पत्रकार सम्मेलनमा ट्रम्पले दिएको प्रतिक्रियाका विषयमा तीव्र विवाद भइरहेको छ ।
तर ट्रम्पले ट्विटरमार्फत् दिएको सन्देशमा रुसमा भएको शिखर बैठक निकै सफल भएको बताएका छन् ।
Comments
अरु समाचार
-
विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री
काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास,...
-
एमालेले दरबारमार्गमा आज जागरण सभा गर्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह...
-
अल्झनमा नलागेर जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको...
-
स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्...
-
“उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ”
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन् । नेपाल डेमोक्र्याटिक...
-
उपनिर्वाचन: कुन पालिका तथा वडामा कति उम्मेदवार ? (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन...
-
सडक आन्दोलनलाई चुनावी अभियानमा बदल्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा जारी राखेको आन्दोलनको प्रारुप बदलेको छ ।...
-
दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै
काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई आज (बुधबार) अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो...
-
१० मन्त्रालय र विभागका कूटनीतिज्ञ तथा अधिकारी भारत जाँदै
काठमाडौँ : नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६ जना कूटनीतिज्ञ तथा अधिकारी आज मङ्सिर ५ देखि १५ गतेसम्म...