युवा संघ र वाइसिएलबीच साउनभित्र एकता हुने
काठमाडौँ ८, साउन । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ ।
दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ । संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका निर्वाह गर्नुपर्नेलगायत विषय विधानमा समेटिएको छ ।
एकतापछि हुने संगठनको नाम र केन्द्रीय समितिमा रहने सदस्यको टुंगो लागिनसकेकाले उक्त विषय छलफलका क्रममा रहेको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए । दुवै संगठनलाई व्यवस्थित तरिकाले एकताबद्ध गर्नका लागि युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे र अध्यक्ष रमेश पौडेल तथा कम्युनिस्ट लिगका इञ्चार्ज मणि थापा र रामप्रसाद सापकोटा रहेको कार्यदल निर्माण गरिएको थियो ।
पेरिसडाँडास्थित उक्त कार्यदललाई एकताका लागि अहिलेसम्म गरिएका तयारी तथा विधानको मस्यौदा आज बुझाइएको छ ।
इञ्चार्ज पाण्डेले चाँडो एकता गर्नुपर्नेमा जोड दिँदै एकतापछि मुलुकको राजनीतिक, सामाजिक विकास र प्रगतिका लागि नवीनतम सोच र दूरगामी दृष्टिकोणका साथ युवा वर्ग अगाडि आउनुपर्ने बताए । अर्का इञ्चार्ज थापाले उक्त विधान युवालाई अवसर प्रदान गर्ने युवामैत्री रहेको बताउँदै युवाशक्ति संगठित भई सामाजिक सेवाका साथै व्यावसायिक तथा उद्यमशीलतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












