‘मौलिक हकका सबै कानून निर्माण भए’
काठमाडौँ ८, साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चार महिनामा मौलिक हकसंग सम्बन्धित कानून तथा प्रदेश र स्थानीय सरकार सञ्चालनको नमूना कानून निर्माण गरेको जनाएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शेरबहादुर तामाङले चार महिना मन्त्रालयले सबै मौलिक हकसंग सम्बन्धित कानून र १७ वटा नमूना प्रदेश कानून, स्थानीय तहमा न्याय समिति सञ्चालन कार्यविधि बनाएर ५७३ वटै स्थानीय तहमा पठाएको जानकारी दिए । उनले संविधान कार्यान्वयन गराउनुपर्ने १८ भन्दा बढी विषयका कानून निर्माण गर्न स्वीकृति पनि दिइसकेको बताए ।
मन्त्री तामाङले आफू मन्त्री भएपछि सम्पत्ति विवरण बुझाएको र सार्वजनिक पदमा रहेका सबै व्यक्तिले आफ्नो सम्पति विवरण बुझाउनुपर्नेमा जोड दिँदै भने, “सार्वजनिक पद धारण गरेका व्यक्तिले मुलुकको सुशासनका लागि सम्पत्ति विवरण बुझाउनुपर्छ, न्यायालयमा सुधार ल्याउनका लागि सम्बद्ध कानूनमा सुधार ल्याउनुपर्छ ।”
उनले अहिलेसम्म न्यायाधीशको सम्पत्ति विवरण बुझाउने परिपार्टी नभएकाले आफ्नो कार्यकालमा सम्पत्ति विवरण नबुझाएका २५ न्यायाधीशलाई रु पाँच–पाँच हजार जरिवाना गर्ने निर्णय गरेको बताए ।
बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राबारे सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका सम्बन्धमा उठेका टिप्पणीमा उनले भने, “एउटा गरीब, परिवारबाट हुर्केर आएको मैले सदा जनतालाई शिरमा राखेर काम गरेको छु र मेरो जीवन रहेसम्म गरिरहन्छु ।”
उनले नारीप्रति पनि आफूले सम्मान गर्दै आएको र कुनैपनि नारीमाथि हिंसा हुुनुहुँदैन भन्ने पक्षमा रहँदा पनि आज त्यही त्यही कुराले लखेट्ने दिन पनि आउँदो रहेछ भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












