नेपाल भ्रमण राष्ट्रपति सी जिङ पिङको तयारी
‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’
काठमाडौं १४, साउन । चिनियाँ राष्ट्रिपति सी जिङ पिङको नेपाल भ्रमणको तयारी शुरु भएको छ ।
चिनियाँ उपविदेशमन्त्री वाङ जुङको नेपाल भ्रमण राष्ट्रपति सी जिङ पिङको तयारीको रुपमा भएको उच्च स्रोतको भनाई छ ।
चिनियाँ उपविदेशमन्त्री वाङ जुङकै भ्रमणका क्रममा सरकारले चिनियाँ राष्ट्रपतिलाई निमन्त्रण पत्र पनि पठाएको छ ।
हिजो प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका चीनका उपविदेशमन्त्री वाङ जुङले आज नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।
दुबै भेटमा चनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका विषयमा कुराकानी भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।
नेपालका चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगै चीनका प्रधानमन्त्रीलाई समेत निम्ता दिएका छन् ।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो पठाउँदै प्रधानमन्त्री ओलीले भनेका थिए– ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’ उनले भने– ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आँतुर छौं ।’
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धिलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको समेत बताए । उनले भनेका थिए– ‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धिलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं’ प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’
उपविदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताएका छन् ।
यस अघि ६ दिने औपचारिक भ्रमणका क्रममा चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले असार ८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।
बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।
राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आफ्नो भ्रमण सकेर फर्केपछि प्रधानमन्त्री ओलीले विमानस्थलमाचिनियाँ राष्ट्रपति सी जिङ पिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए ।
६ दिने चीन भ्रमण पूरा गरी स्वदेश असार १० गते स्वदेश फर्केका ओलीले विमानस्थलमा चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको उनको सचिवालयले जनाएको छ ।
भेटमा प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरेका थिए ।
चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको प्रचण्डको भनाई थियो ।
प्रचण्डले उपमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् ।
उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले भेटमा भने, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ ।
अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ ।’
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











