आजसम्म विश्वमै पारदर्शी नभएको चिनियाँ लगानी नेपालको हित अनुकुल छैन: डा जगदीशचन्द्र पोखरेल
काठमाडाैं १५, साउन । नेपाल-चीन सम्बन्ध र वेला बखतमा हुने गरेका उच्च स्तरिय राजनीतिक भ्रमणले कहिले कुनै त कहिले कुनै किसिमका सम्झाैता हुने गरेका छन् । पछिल्लो समय भएको प्रधानमन्त्री केपी शर्मा आेलीको जम्बो टोलीसहितको भ्रमणले नेपालमा चिनियाँ रेल कुदाउने सपना खुबै मज्जाले बाँडेको छ ।
नेपाल-चीन कनेक्टिभिटी बढाउने सहमति भएसंगै चिनियाँ रेललाई स्वागत गर्ने र लगानीले भविष्यमा पर्ने असरका बारेमा गाँईगुई हल्ला बजारमा फैलिदै गएको छ । रेलमार्ग निर्माणका लागि चिनियाँ लगानी ल्याउने चर्चासंगै यसबाट नेपाललाई हुने हानी अर्थात दुष्परिणामबारे वाैद्धिक जमातमा तरङ्ग पैदा भएको छ ।
चिनियाँ लगानी राजनीति प्रेरित हुने र पश्चिमा मुलुकको जस्तो आर्थीक पारदर्शीता नहुने भन्ने चर्चा चलिरहेकै बेला राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले अहिलेसम्मका विश्व इतिहासमा चिनियाँ लगानी पारदर्शी नभएको, एजेन्ट, व्यापारी र राजनीतिक उद्धेश्यले प्रेरिर लगानी आउने हुनाले मुलुकको आर्थीक सुशासन कायम हुन नसक्ने र अर्थतन्त्र नै धरासयी हुने ठोकुवा गर्छन् ।
चिनियाँ लगानी एक ‘ऋण पासो”को रुपमा हुने भन्दै चर्चा चलिरहेका बेला उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतको लगानी ग्लोबल टेन्डरका माध्यमबाट आउने र त्यस्ता लगानीमा साविकमा तोकिएको रकमबाट घटबढ हुने संभावना हुने भएकाले मुलुकलाई ऋण भार कम हुनुका साथै आर्थीक पारदर्शीता हुने जनाइएको छ ।
तर, चिनियाँ लगानी सिधै राजनीतिक तहको निर्णयबाट आउने भएकाले उनीहरुको स्वार्थ अनुकुल हुने र आयोजनामा आवश्यक पर्ने बिभिन्न सामाग्री, जनशक्ति लगायतका कुरा समेत उतैबाट आउनाले देशको श्रम शक्ति र अर्थतन्त्रमा एकै पटकको प्रहार भएको ठहर पोखरेलले गरेका छन् ।
‘ऋण पासो’ कसरी हुन्छ भन्ने कुरामा धेरैजसो विज्ञहरुको कुरा भने एकमत देखिदैन । यदि चिनियाँ लगानीमा रेलमार्ग बन्यो भने नेपालले चिनियाँ लगानी पाउने भनेको बीआरआईअन्तरगत भएकाले उनीहरुले दिने रकम अनुदान नभएको र ठूलो किसिमको लगानीलाई हामीले तिर्न विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतसँग सापट लिनुपर्यो या त विभिन्न खानीहरुको उत्खनन वा बेचविखन नै भएकाले पूर्वसर्तसहितको लगानी हाम्रो जस्तो मुलुकका लागि हानीकारक हुने तर्क एकथरीको रहेको छ ।
त्यस्तै, अर्कोथरीले भने विकासको पहिलो खुड्किलो रोड कनेक्टिभिटी भएको र आयोजना सम्पन्न भएपश्चात देशको आर्थीक बृद्धिदर एक किसिमले रफ्तारमा जाने भएकाले यी यस्ता हल्लाको पछाडी लागेर मुलुकलाई अन्धकारको बाटोमा हिडाल्न खोजेको आरोप पनि लगाउने गरेका छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलका अनुसार केरुङ–काठमाडौं रेल सेवालगायतका विषयमा हावाका भरमा कुरा भइरहेको छ । आर्थिक दृष्टिकोणले सर्वेक्षण नगरी यस्ता निर्णय गर्नाले मुलुक दुर्घटनामा पर्ने संभावना हुने भएकाले बेलैमा सचेत हुन उनको आग्रह छ । चिनियाँ लगानी आउनै हुन्न भन्नेमा आफू नरहेको तर, नेपालले आफ्नो प्राथमिकताका आधारमा लामो र सस्तो ब्याजमा ऋण खोज्नु पर्नेमा उनको जोड छ ।
एजेन्ट, व्यापारीहरू र राजनीतिक उद्देश्यले प्रेरित खालका आयोजनामा लगानी गर्दा देशको अर्थतन्त्र धराशायी हुनुका साथै, देशमा आर्थीक अस्थिरता ल्याउने उनको ठहर छ। यसको ज्वलन्त उदाहरणका लागि अफ्रिकी मुलुकलाई हेर्न उनको सुझाव छ । अहिले ती मुलुकहरु ऋण तिर्न नसकेर हायलकायल भएको र देशका खानी बेच्नु पर्ने अवस्थाको सिर्जना भएको स्नरण गरेका छन् । यस्ते, राजनीतिक निर्णय र आर्थिक जाँचपड्ताल नभई आएको ऋणले दुघर्टना निम्त्याउँछ भन्ने यो प्रतिनिधि घटना भएको उनले जनाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












