मजबुत सूचकका साथ कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृद्धि
काठमाण्डौ १५, साउन । कामना सेवा विकास बैंक लिमीटेडले खूद नाफामा ३४ करोड ३३ लाख सहित ९४.४५ प्रतिशत बृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकको खूद नाफा ९४.४५ प्रतिशतले बढेर ३४ करोड ३३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष बैंकको खूद नाफा १७ करोड ६५ लाखमा सीमित थियो ।
संभावित जोखिम व्यवस्थापनबाट १५ करोड ३१ लाख राइटब्याक गरेर यो बैंकले नाफा बढी देखाएको हो ।
समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ । यहीकारण अघिल्लो वर्षसम्म ३९ करोड ११ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ७१ करोड ९४ लाखको उचाईमा पुगेको छ ।
यस्तै, २६ करोड ९७ लाखमा सीमित संचालन मुनाफा बढाएर बैंकले ४३ करोड ५८ लाखको उचाई चुमाएको छ ।
समीक्षा अवधिमा बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १३ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ९८ करोड निक्षेप संकलन गरी ६ अर्ब ११ करोड बराबरको कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्ष ३१ करोड ७८ लाखमा सीमित रिजर्बकोषको आकार बढाई बैंकले ७२ करोड १५ लाख पुर्याएको छ ।
कामना र सेवा विकास बैंकबीच मर्ज भई बनेको कामना सेवा विकास बैंकमा दुईवटा बैंकको वित्तीय विवरणको एकीकृत रुप आएकोले समेत सबै सूचकमा राम्रो बढोत्तरी भएको देखिएको हो ।
समीक्षा अवधिमा बैंक व्यवस्थापनले खराब कर्जालाई घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको यस्तो कर्जा घटाएर ०.६९ प्रतिशतमा सीमित पारेको हो ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४९ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












