वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक
काठमाडौँ १५, साउन । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।
उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउछन् ।
“त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ”, उहाँले भन्नुभयो । उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ । वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ ।
“कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ”, मैनालीले भने ।
धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ । कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन । तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ ।
यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४०० ट्राफिक प्रहरी मात्र कार्यरत छन् । उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ । आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन् । उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












