होला त आज प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन ? संसदीय सुनुवाई विशेष समितिको बैठक सिंहदरवारमा जारि
काठमाडौं १८, साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक शुक्रबार (आज) बस्दैछ । पटक पटक बसेको बैठकले निर्णय गर्न नसकेपछि शुक्रबार बिहान १० बजेका लागि पुनः बैठक बोलाइएको छ । कांग्रेसको बहिस्कार गर्ने धम्कीदिएपछि यसअघिको बैठक स्थगित भएको थियो ।
संसदिय सुनुवाई समितिमा उठेका प्रश्नहरुका चित्त बुझ्दो जवाफ नदिएको, नक्कली शैक्षिक प्रमाणपत्र रहेको, सयौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने फैसला गरेको प्रश्न उठेपछि सुनुवाइ समितिले उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न सकेको छैन ।
समिति सदस्यहरु दुई ध्रुवमा जिभाजित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरु जोशीको विपक्षमा उभिएका छन् भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा छन् ।
१५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १/१ जना सदस्य छन् । जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको बैठकको अध्यक्षता लक्ष्मणलाल कर्णले कर्णले गर्दै आइरहेका छन् ।
शैक्षिक प्रमाणपत्रमा किर्ते गरेको भन्दै विवाद बढेपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले ०७४ चैत १ गते राजिनामा दिएका थिए । पराजुलीको राजीनामा पछि वरिष्ठताको आधारमा जोशीले कायममुकायको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












