नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय सिरिजको अन्तिम खेल आज खेल्दै,सिरिज बराबरी गर्ने नेपालको लक्ष्य
काठमाण्डाैं १८, साउन । नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो ओडिआई क्रिकेट खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ।
बुधवार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ। पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल दोस्रो खेल जित्ने दाउमा छ। कप्तान पारस खड्काले पहिलो खेलपछि दिएको प्रतिक्रियामा दोस्रो खेलमा राम्रो खेल्दै जित हात पार्ने बताएका छन्।
पहिलो खेलमा नेपालका चार खेलाडी शुन्यमा आउट भएका थिए भने पहिलो इनिङ्समा चोट लागेका ब्याट्सम्यान शरद भेषावकरले अन्तिम नम्बरमा ब्याटिङ गरेका थिए। चार खेलाडीले रनको खाता खोल्न नसक्नु र शरदको चोटका कारण नेपालले गतिलो सुरुवात गरेर पनि १९० नरको लक्ष्य भेट्टाउन सकेको थियो।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिल शाहले ५८ रन जोड्नु बाहेक राम्रो साझेदारी हुन सकेन। ज्ञानेन्द्रले सर्वाधिक ५१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए। अनिल शाहले २१ तथा पारस खड्काले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए।
पहिलो खेलमा चोट लागेका शरद भेषावकर दोस्रो खेल नखेल्ने पक्का छ। यस्तै युरोप टुर जानुअघि नै यो अन्तिम विदेश टुर हुने बताएका भेट्रान स्पीनर शक्ति गौचन दोस्रो खेलमा खेल्ने सम्भावना कम छ। पहिलो खेलमा ओपनर सुवास खकुरेल, ब्याट्सम्यान रोहित कुमार पौडेल र स्पीनर ललित राजवंशी बेन्चमा थिए।
दोस्रो खेलमा यी तीनमध्ये दुई खेलाडीले खेल्ने सम्भावना छ।
यदी पहिलो खेल खेलेका चारै खेलाडीलाई ओडिआईमा डेब्यु गरउने हो भने यी तीनै खेलाडी खेल्न सक्नेछन् र करणको स्थानमा ललित भण्डारीले अवसर पाउन सकछन्।
दोस्रो खेल जित्दै ऐतिहासिक ओडिआई सिरिज बराबरी गरेर चार वर्षे ओडिआई यात्रामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












