किन भएन चीनबाट उच्चस्तरीय भ्रमण,होला त यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
काठमाडाैं १८, साउन । २०७३ को अन्तिममा ओली पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भए। नयाँ सरकार गठनसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्ष २०१८ लाई उच्चस्तरीय नेपाल भ्रमणको वर्षको रुपमा मनाइने भन्दै उत्तर र दक्षिण दुबै छिमेकीबाट उच्चस्तरीय भ्रमण गराउने दाबी गरेका थिए। यसबीच भारतीय प्रधानमन्त्री मोदीले नेपालको दुई दिने भ्रमण गरे। उनी पुनः भदौको दोस्रो साता विम्स्टेकको सम्मेलनको लागि नेपाल आउँदैछन्।
तर चिनियाँ राष्ट्रपति सीको भ्रमणको मिति भने तय भएको छैन्। अझै पनि नेपालले चिनियाँ राष्ट्रपति सीलाई भ्रमणका लागि निम्तो दिइरहेको छ।
चिनियाँ उपविदेशमन्त्री वाङ वाजुन नेपालमा छन्। उनले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरे। भेटका क्रममा प्रधानमन्त्री ओली पुनः राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिए वाङमार्फत्।
यसअघि प्रधानमन्त्री ओलीले गत असारको पहिलो साता भएको चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई भेट गरी राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सीको नेपाल भ्रमणको तयारीमा जुटेको बताउँदै यसमा नेपालको चाहनाले मात्र पुग्दैन।
‘हाम्रो तर्फबाट तयारी हामीले गर्ने हो। हामी जुनसुकै समयमा पनि स्वागतका लागि तयार नै छौँ। तर हाम्रो तयारीले मात्र पुग्दैन्,’ ती अधिकारीले भने, ‘यसका लागि दुबै देशको उपयुक्त समय मिल्नुपर्यो। चिनियाँ चासो समेत ठूलो कुरा हो।’
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण नेपालको चासोले मात्र नपुग्ने पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसमेत बताउँछन्। ‘नेपाल चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न सँधै तयार छ। हामी कुनै पनि देशका राष्ट्रप्रमुखलाई स्वागत गर्न पाउँदा खुसी हुन्छ,’ उनले भने, ‘हिजो म परराष्ट्रमन्त्री हुँदासमेत भ्रमणको तयारी थियो। हामी तयार थियौँ। यो हाम्रो मात्र होइन, दुबै देशको चासोको विषय पनि हो। चीनको चासोलेसमेत यसमा ठूलो महत्त्व राख्छ।’
सीको नेपाल भ्रमण यस वर्ष हुने नहुने कुरा सरकारको तयारीमा भर पर्ने समेत उनले बताए। ‘अहिले सरकारले कस्तो तयारी गरिरहेको छ। त्यसमा पनि भर पर्ने कुरा हो, तर हामी पाहुनलाई स्वागत गर्न पाउँदा खुसी नै हुन्छौँ,’ महतले भने।
सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिन तत्कालीन राजा वीरन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए। त्यस यता चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकिरहेको छैन्। तर यस वर्ष सीको नेपाल भ्रमण हुन सक्ने सम्भावना बढेका परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ बताउँछन्।
उनले सीको नेपाल भ्रमण हुन सक्ने सम्भावना तीन कारण समे दिए। उनले दिएका ती वटा कारण मध्ये पहिलो कारण हो, नेपालमा स्थिर सरकार।
‘अहिले नेपालमा स्थीर सरकार आएको छ। नेपालसँग भएका सहमति कार्यान्वयन हुन्छन् भन्ने आधार यसले दिएको छ,’ उनले भने, ‘हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आएको संयुक्त वक्तव्यले पनि यो सम्भावनालाई स्पष्ट पारेको छ।’
नेपालले त्यहाँको सरकार, चिनियाँ कम्युनिष्ट पार्टीको विधानलाई समर्थन गरेको र चीनले नेपालको समृद्धिको यात्रामा साथ दिने प्रतिवद्धता समेत जनाएकोले भ्रमणको सम्भावना रहेको उनले बताए।
त्यस्तै श्रेष्ठले दिएका अर्को आधार भनेको चीन र भारतबीचको सुधारिएको सम्बन्ध हो। ‘अहिले मोदी र सीको सम्बन्धमा सुधार आएको छ। पछिल्लो समय भुटानमा भने चिनियाँ उपविदेशमन्त्रीले भ्रमण गरेका छन्,’ उनले भने, ‘सीको नेपाल भ्रमणका लागि क्षेत्रीय सन्तुलन समेत देखिएको छ।’
अर्को आधार भनेको नेपालबाट धेरै भ्रमण भए पनि चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन। यसलाई क्रमभंग गर्न पनि चीनका राष्ट्रपति सी नेपाल आउने सम्भावना रहेको उनले बताए। हाल चीनका उपविदेशमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा आउनु सीको भ्रमणको तयारीका लागि हुन सक्ने उनले अनुमान गरे।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











