न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता
विलिङटन १७, साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्केकी छन् ।
झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भनेकी छन् ।
प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वको दोस्रो व्यक्ति हुन। यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिइन् ।
अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छन् ।
“म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिएको मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गरेका छन् भन्ने मैले विश्वास लिएकी छु,” उनले भनिन् ।
प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताइन् ।
“त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उनले भनिन् ।
आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उनले थपिन, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन् ।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












