न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता
विलिङटन १७, साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्केकी छन् ।
झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भनेकी छन् ।
प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वको दोस्रो व्यक्ति हुन। यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिइन् ।
अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छन् ।
“म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिएको मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गरेका छन् भन्ने मैले विश्वास लिएकी छु,” उनले भनिन् ।
प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताइन् ।
“त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उनले भनिन् ।
आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उनले थपिन, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन् ।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












