अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किएपछि मन्त्रि चढेको जहाज आकाशमै ‘होल्ड’
काठमाडौँ १८, साउन । धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।
धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए ।
खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ । केही दिन पहिले नेपालगञ्जबाट काठमाडौँ आउनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करीब ४५ मिनेट आकाशमै घुम्ने (होल्ड) मा परेका थिए ।
विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक टेण्डर भए पनि प्रक्रिया अगाडि नबढ्दा वर्षाको समयमा बढी समस्या देखिने गरेको छ ।
महाप्रबन्धक क्षेत्रीले सामान्य समस्या देखिनेवित्तिकै द्रुत मर्मत टोली परिचालन गरी समस्याको समाधान गरिएको बताए । कालोपत्र उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।
विज्ञहरुले विमानस्थलको नयाँ धावनमार्ग निर्माण गर्नुपर्ने र हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्णरुपमा मर्मत गर्न सुझाव दिँदै आएका छन् । तर एकमात्र धावनमार्ग भएका कारण मर्मतमा समेत समस्या देखिने गरेको छ । धावनमार्ग पूर्णरुपमा मर्मत गर्न कम्तीमा एक वर्ष लाग्ने बताइएको छ ।
बढी उडान चाप हुने समयमा धावनमार्ग उप्किएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु होल्ड भएका थिए । मनसुन शुरु भएपछि करीब पटकपटक धावनमार्गमा समस्या आउने गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न नहुँदासम्म धावनमार्गमा आउने समस्याका कारण जहाज आकाशमै होल्ड गर्नुपर्ने वा अन्यत्र पठाउनुपर्ने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था कायमै रहने देखिन्छ ।
कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयरलगायत जहाज अवतरण गर्न नसकेपछि आकाशमा चक्कर लगाउनुपरेको थियो । आन्तरिक उडानमा रहेका बुद्ध एयर, यति एयरलाइन्सका जहाज जुन स्थानबाट आएका थिए उतै मोडिएका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












