नेपाली क्रिकेट टिमलार्इ भारतको निम्तो
काठमाडाैँ २२, साउन ।नेपालको अण्डर १९ राष्ट्रिय क्रिकेट टोलीले भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजको मौका पाएको छ । भारतमा हुने ४ टोलीबीचको ५० ओभरको खेलमा नेपालले पनि मौका पाएको हो । सो एकदिसीय खेल भारतीय क्रिकेट बोर्ड बीइसीसीको आयोजनामा भइरहेको हो ।
खेल कोलकतामा हुने छ । प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू-१९ टोलीले खेल्ने छन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।
युवा टोलीको क्षमता अभिवृद्धिका लागि भारतले प्रत्येक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई अवसर दिएको छ । भारतको यू-१९ र अफगानिस्तानको यू-१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू-१९ ले भारतको यू-१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।
यस्तै सिरिजलाई यू १९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।
कोलकामा हुने सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।
चार टोली सम्मिलित एकदिवसीय शृंखलाको तालिका यस्तो छ-
सेप्टेम्बर १२- भारत यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १२= एनसीए यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
सेप्टेम्बर १४- भारत यू-१९ विरुद्ध नेपाल यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १४- एनसीए यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, जेयू
सेप्टेम्बर १६- भारत यू-१९ विरुद्ध एनसीए यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १६- अफगानिस्तान यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
सेप्टेम्बर १८- टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












