नेपाली क्रिकेट टिमलार्इ भारतको निम्तो
काठमाडाैँ २२, साउन ।नेपालको अण्डर १९ राष्ट्रिय क्रिकेट टोलीले भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजको मौका पाएको छ । भारतमा हुने ४ टोलीबीचको ५० ओभरको खेलमा नेपालले पनि मौका पाएको हो । सो एकदिसीय खेल भारतीय क्रिकेट बोर्ड बीइसीसीको आयोजनामा भइरहेको हो ।
खेल कोलकतामा हुने छ । प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू-१९ टोलीले खेल्ने छन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।
युवा टोलीको क्षमता अभिवृद्धिका लागि भारतले प्रत्येक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई अवसर दिएको छ । भारतको यू-१९ र अफगानिस्तानको यू-१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू-१९ ले भारतको यू-१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।
यस्तै सिरिजलाई यू १९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।
कोलकामा हुने सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।
चार टोली सम्मिलित एकदिवसीय शृंखलाको तालिका यस्तो छ-
सेप्टेम्बर १२- भारत यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १२= एनसीए यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
सेप्टेम्बर १४- भारत यू-१९ विरुद्ध नेपाल यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १४- एनसीए यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, जेयू
सेप्टेम्बर १६- भारत यू-१९ विरुद्ध एनसीए यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १६- अफगानिस्तान यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
सेप्टेम्बर १८- टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












