प्रभु ग्रुपले ल्यायो डिजिटल वालेट ‘प्रभु पे’, नियमित ग्राहकलाई १० लाख दुर्घटना बिमा
मोबाइलमा 'प्रभु पे' नामक एप्स डाउनलोड गर्नुहोस,वालेट बोक्नै पर्दैन

यस वालेटको प्रयोगबाट घरमै बसेर मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ।
त्यस्तै यसबाट युनियन पे र क्यूआर कोड स्क्यानमार्फत पैसा तिर्न सकिन्छ। यसैगरी प्रभु पेले नियमित ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको छ।
सो कार्यक्रममा प्रभु पेकी संचालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पेको प्रयोग गर्ने तरिकाबारे जानकारी गराएकी थिइन्। प्रभु ग्रुपअन्तर्गत बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी, सूचना प्रविधि र व्यवस्थापनसम्वन्धी कम्पनीहरु छन्।
यस्ता छन् एपमा पाईने विषेशताहरु :
एपमा बैंक, को-अपरेटिभ, लघुबित्त लगायतका सम्पूर्ण आर्थिक कारोबारका क्षेत्र समेट्ने क्षमता रहेको छ । सोही कारण कुनैपनि आर्थिक कारोबार गर्न ग्राहकले झन्झट व्यहोर्नु पर्दैन् ।
एप इस्टल गर्दा ग्राहकले ३० रुपैंया प्राप्त गर्ने छन् । प्ले स्टोरमा उपलब्ध हुने सो एपमा (आई ओ एस) समेत उपलब्ध छ ।
बैंकमा राखिने पैसा मोवाइलको एपमा सार्न सकिने व्यवस्था समेत रहेको छ ।
प्रिमियम नलिई बीमा : यसमा रहेको १० लाख बीमाको सुविधामा छुट्टै प्रिमियम लिई रहनु पर्दैन ।
विथ ड्र पिन : उक्त पिनका माध्यमले प्रभुका कुनैपनि आर्थिक कारोबार हुने क्षेत्रबाट रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
माई कोड : पसलमा किनबेच गर्दा खुद्रा पैसाको झन्झट हटाई कोडबाटै कारोबार गर्न माई कोडले मद्दत गर्छ ।
हिस्ट्री : हामीले गर्ने कारोबारको इतिहास समेत सहजै उपलब्ध हुने हुनाले यो एपले ग्राहकलाई लेनलेनको विवादबाट मुक्त राख्छ । हिस्ट्रीमा किनेको र बेचेको दुबै पक्षको रकम उपलब्ध हुन्छ ।
नाईट कार्ड : यो कार्ड बैंक कार्डको रुपमा रहने भएकाले लगानीकर्ता ग्राहकको छनोटको विषयमा पर्छ । यसले कारोबारमा भरोसा तथा विश्वास दुवै कुरामा सहजता दिन मद्दत गर्छ ।
डिल्स : डिल्स भनेको हामीले बजारमा पाइने छुटको बारेमा जानकारी पाउने सुविधा हो । ग्राहकले छुटको बारेमा थाहा पाउँदा निकै जसो अवस्थामा आर्थिक बचत हुने कम्पनीको बुझाइ रहेको छ । यसरी थाहा नपाएको खण्डमा ग्राहकले धेरै मूल्यमा सामान खरिद गर्नुपर्ने हुन्छ । सो बाध्यतामा डिल्स हाम्रो साथी बन्ने गर्छ ।
सेटिङ्ग : सेटिङ्ग, अन्य उपकरणको जस्तै हरेक कुरा सेट गने ठाउँ हो । तर, यसमा भने सेक्यूरिको समेत व्यवस्था रहेको छ । उक्त सेक्यूरिटि मार्फत लकको व्यवस्था गरिएको हुन्छ । सो लकको कारण पर्समा चाबी नै लगाए जस्तो हुन्छ । अरुले वालेट भेटेमा पनि ग्राहक भने लुटिदैनन्, सुरक्षित नै रहन्छन् ।
एफ ए क्यू : एफ ए क्यू मार्फत कुनैपनि जानकारी लिन सकिन्छ । आजभोलि हामीले गुगल सर्चको प्रयोगबाट धेरै कुरा थाहा पाउने गरेका छौं । त्यसरी नै यस एपको सम्बन्धीत जिज्ञासाका लागि एफ ए क्यू को साहारा लिन सकिन्छ । यसरी एफ ए क्यू लाई यस एपको गुगल मान्न सकिन्छ ।
पे बिल : अब घरमा नै बसेर बिजुली, पानी लगायतको पैसा तिर्न सम्भव छ । जसमा पे बिल आईकन सहयोगी हुन्छ ।
बैंकमा पैंसा डीपोडीट गर्न तथा आफ्नो खाताबाट अरुको खातामा पैसा पठाउने लगाएतका सुविधालागि पनि एपको मद्दत लिन सकिन्छ ।
च्याट : यो एप भाइवर जस्तै भएकाले यसबाट नै सहजै च्याट गर्न सकिन्छ ।
एटिएम आईकन : घर नजिकको एटीएमको समेत जानकारी पाउन सकिने भएकाले आर्थिक कारोबारमा यस आईकनले निकै सहता ल्याउने अनुमान गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












