सेयर मूल्यमा ६० प्रतिशत गिरावट,आर्थिक संकटमा किन पर्दैछन् भारतीय वायुसेवा कम्पनी ?
काठमाडाैँ २४, साउन । भारतको ठूलो विमान सेवा प्रदायक कम्पनी जेट एअरवेजको सेयरमा लगातार गिरावट आईरहेको छ । जेटको सेयर मूल्यमा ६० प्रतिशतभन्दा धेरै गिरावट आएको छ । त्यस्तै, अर्को वायु सेवा प्रदायक इन्डिगोको सेयर मूल्यमा पनि लगातार गिरावट आईहरहेको छ । स्पाईस जेटको सेयर मूल्यपनि घटिरहेको छ ।
हालै सार्वजनिक रिर्पोट अनुसार जेट कम्पनी बन्द हुने अवस्थामा पुगेको छ । कम्पनीले आफ्ना कर्मचारी घटाउने योजना समेत बनाएको खबर सार्वजनिक भएको थियो ।
भारतको उड्ययन क्षेत्रको स्वर्णीम काल मानिने यो समयमा भारतीय वायु सेवा प्रदायक कम्पनी भने घाटामा जानुलाई आश्चर्यजनक ढंगले हेरिएको छ । तथ्यांक अनुसार २०१८ को पहिलो ६ महिनामा डोमेस्टिक यात्रुको संख्यामापनि २२ प्रतिशतले बृद्धि भएको थियो ।
अन्तर्राष्ट्रिय एअर ट्रान्सपोर्ट एशोसिएशनले पनि भारतमा डोमेस्टिक प्यासेन्जरको संख्या अत्याधिक बृद्धि भएको जनाएको छ ।
गत वर्षको अन्तिम तीन महिनामा १ हजार करोड भारतीय रुपैयाँ घाटा व्योहोरेको कम्पनीले एक दशक भित्र २ सय २५ वटा बोईगं ७३७ खरिद गर्ने योजना बनाएको थियो ।
इन्डिगोले पनि ४० वटा नया विमान खरिद गर्ने योजना बनाएको थियो । इन्डिगोले २५ वटा नयाँ एअरबस खरिद गर्ने घोषणा गरेको थियो । स्पाईस जेटले पनि १० वटा बोईङ जहाज खरिद गर्ने योजना बनाएको थियो ।
जेटले आफ्नो कूल क्षमताको पाँच प्रतिशत गल्फबाट कमाउने गर्छ । आन्तरिक बजारमापनि जेटको हिस्सा घट्दै गएको छ । विमान मर्मत खर्चमापनि अत्याधिक बृद्धि भएको छ । त्यस्तै, ल्याण्डिङ र नेभिगेसशन खर्चपनि बढेको छ । खर्च बचाउनको लागि जेटले आफ्ना पाईलटको खर्चपनि कटौति गर्ने बताएको छ ।
कुनै समय जेट एअरवेज भारतको उत्कृष्ट वायु सेवा प्रदाय कम्पनी थियो ।
केही वर्ष अगाडि ९ हजार करोड रुपैयाँ कर्जा सहित किङफिशरका मालिक विजय माल्याले भारत छाडेका थिए । त्यस्तै भारतको राजा भनिने एअर इन्डियापनि ५० हजार करोड भारतीय रुपैयाँ घाटामा चलिरहेको छ । भारत सरकारले एअर इन्डियाको ७६ प्रतिशत सेयर बेच्ने घोषणा गरेपनि खरिदकर्ता पाएको थिएन ।
पछिल्लो ६ महिनामा कच्चा तेलको मूल्यमा १६ प्रतिशतले बृद्धि भएको छ । विमान सञ्चालन खर्चको ४५ प्रतिशत खर्च इन्धनको हुने गर्छ । उड्ययन क्षेत्रमा आफ्नो दबाब कायम राख्नको लागि विमान कम्पनी सस्तो मूल्यमा टिकट बेच्ने गर्छन् । र यसको असर कम्पनीको आर्थिक व्ययभारमा पर्न जान्छ
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












