सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, लिए २ विकेट
काठमाडाैँ २४,साउन । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।
क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिसबाट खेलेका सन्दीपले गुएना अमेजन वारियर्स विरुद्ध बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिए।
उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन किटङको हातबाट क्याचआउट गराउँदै शानदार सुरुवात गरे।
पहिलो ओभरमा सन्दीपले ३ रन खर्चेर १ विकेट लिए।
दोस्रो ओभरमा १ रन मात्र खर्चेका सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन दिए। खेलको दशौँ ओभरमै आफ्नो चौथो ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले अर्को विकेट पनि लिए।
उनले उक्त ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए। आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिए
सेन्ट किट्स एण्ड प्याट्रिओट्सको लागि डेब्यु खेलमै सन्दीपले २ विकेट लिए।
४ ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चेर २ विकेट लिएका हुन्।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...











