नेपाल–वंगलादेश ऊर्जा सहकार्य समझदारी आज
काठमाडाैँ २५, साउन । नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि शुक्रबार दुई देशबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेसन) सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुँदैछ । दुई छिमेकी राष्ट्र भारत र चीनपछि नेपालले वंगलादेशसँग ऊर्जा सहकार्यबारे समझदारी गर्न लागेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा ऊर्जा सहकार्यबारे समझदारीमा हस्ताक्षर हुन लागेको छ । नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी, विद्युत् आदानप्रदानबारे औपचारिक र अनौपचारिक रूपमा लामो समयदेखि छलफल चलेपनि दुई देशबीच पहिलोपटक समझदारी हुन लागेको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए । “दुई देशबीच ऊर्जाको सहकार्यबारे समझदारी भएपछि सचिव र सहसचिवस्तरीय औपचारिक रूपमा संयन्त्र समेत बन्नेछ,” उनले भने ।
समझदारीपछि औपचारिक रूपमा ऊर्जासँग सम्बन्धित नेपाल र चीनबीच सचिवको नेतृत्वमा संयुक्त कार्यकारिणी (स्टेरिङ) समूह र सहसचिवको नेतृत्वमा कार्यगत समूह निर्माण हुनेछ भने त्यो संयन्त्रमार्फत ऊर्जा क्षेत्रमा लगानी, विद्युत् व्यापार सम्झौता लगायतबारे प्रक्रिया अघि बढ्नेछ । वंगलादेशले नेपालबाट चार हजार मेगावाट विद्युत् किन्नका लागि प्रस्ताव गरेपनि भारतको भूमि हुँदै लानुपर्ने भएकोले यसमा भारतको समेत सहमति आवश्यक छ । नेपालले भारत र वंगलादेश दुवैसँग ऊर्जा सहकार्यमा समझदारी गरेपछि तीन देशबीच ऊर्जाका कार्यक्रम अघि बढाउनका लागि सहज हुने अपेक्षा गरिएको छ । भारतीय कम्पनी जिएमआरले अघि बढाएको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् वंगलादेशमा विक्री गर्ने सैद्धान्तिक सहमति भैसकेको छ । भारतीय विद्युत् निगममार्फत कर्णालीको बिजुली वंगलादेश बेच्ने आयोजनाको लक्ष्य छ ।
प्रधानमन्त्री र मन्त्रीसँग भेट ।
प्रधानमन्त्री केपी शर्मा ओली र समझदारीका लागि बुधबार नेपाल आइपुगेका बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदबीच ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल हुने कार्यक्रम छ । दुई देशबीचमा ऊर्जामा गर्न सकिने सहकार्य र सम्भावित लगानीबारे प्रधानमन्त्रीसँग हमिदले नेपाल भ्रमणको क्रममा छलफल गर्न लागेका हुन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












