नेकपाका अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण मिति तय
काठमाडाै २५,साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ ।
स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।
एमाले र माअोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । तर, प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ ।
भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् । यस अघि पछिल्लो पटक दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए । भारतको गोवामा भएको विमस्टेक सम्मेलनमा तत्कालीन प्रधानमन्त्रीका रुपमा सहभागी प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीनपिङ एकै ठाँउको बसेको दूर्लभ तस्वीर सार्वजनिक भएको थियो ।
यस अघि गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन निम्तो दिएको पनि बताएका थिए । त्यसबेला नै प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि बताएका थिए । त्यसबाहेक प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।
साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निमन्त्रण दिएका थिए । प्रचण्डले प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गरेका थिए । चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरूले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको सरकारको भनाई छ ।
प्रधानमन्त्री ओलीले यही का क्रममा महत्वपूर्ण सहमति, सम्झौताहरू र उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । ओलीको भ्रमणमा चीन भ्रमणका क्रममा स्थल तथा हवाई सञ्जाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा महत्वपूर्ण सहमति भएको सरकारको भनाई छ ।
भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप आयाम थपिएको र तेल र ग्यासको सम्भाव्य अध्ययन गर्ने, निर्यात योग्य नेपाली समान निर्यात गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, सरकारी छात्रवृत्तिलाई बढाउनका लागि दुवै देश सहमत भएका थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लिखछ्याङलाई नेपाल भ्रमणका लागि निम्ता दिएका थिए । प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा १४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको जानकारी दिँदै १३ सरकारी स्तरमा र नौ वटा निजीस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौता भएका थिए ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












