नेशनल ट्रेडिङ र खाद्य संस्थानलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सरकारको निर्णय
काठमाडाैँ २५, साउन । मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु संसदमा पेस गर्ने तयारीमा सरकार रहेको मन्त्रीपरिषदको बैठकपछि सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बैठकले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेका बिधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।
यस्तै मकवानपुर र डोटीमा बालसुधार गृह सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
यस्तै प्रदेशमा कर्मचारी अभाव हटाउन सिधै प्रदेश सरकारलाई कर्मचारी पठाउने निर्णय गरिएको छ । यसबारे मन्त्री बास्कोटाले भने–‘प्रदेशमा कर्मचारी अभावमा काम राम्रोसँग हुन नसकेको भन्ने कुरा आइरहेको सन्र्दभमा त्यसलाई परिपूर्ति गर्ने उद्देश्यले प्रदेश मन्त्रालय वा अन्र्तगतका स्वीकृत संगठन संरचना तथा दरबन्दीमा सेवा सञ्चालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई कामकाज गर्न खटाउदा राजपत्राङकित द्धितिय श्रेणी वा सो सरह वा सो भन्दा मुनीका कर्मचारीहरुलाई एकमुष्ठ रुपमा प्रदेश मुख्यमन्त्री वा प्रदेश प्रमुखको कार्यालयमा खटाउने निर्णय गरिएको छ । प्रदेश सरकारले नै उनीहरुलाई आवश्यक ठाउँमा खटाउने सक्नेछन् ।’
बैठकले मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्तिको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












