नेशनल ट्रेडिङ र खाद्य संस्थानलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सरकारको निर्णय
काठमाडाैँ २५, साउन । मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु संसदमा पेस गर्ने तयारीमा सरकार रहेको मन्त्रीपरिषदको बैठकपछि सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बैठकले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेका बिधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।
यस्तै मकवानपुर र डोटीमा बालसुधार गृह सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
यस्तै प्रदेशमा कर्मचारी अभाव हटाउन सिधै प्रदेश सरकारलाई कर्मचारी पठाउने निर्णय गरिएको छ । यसबारे मन्त्री बास्कोटाले भने–‘प्रदेशमा कर्मचारी अभावमा काम राम्रोसँग हुन नसकेको भन्ने कुरा आइरहेको सन्र्दभमा त्यसलाई परिपूर्ति गर्ने उद्देश्यले प्रदेश मन्त्रालय वा अन्र्तगतका स्वीकृत संगठन संरचना तथा दरबन्दीमा सेवा सञ्चालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई कामकाज गर्न खटाउदा राजपत्राङकित द्धितिय श्रेणी वा सो सरह वा सो भन्दा मुनीका कर्मचारीहरुलाई एकमुष्ठ रुपमा प्रदेश मुख्यमन्त्री वा प्रदेश प्रमुखको कार्यालयमा खटाउने निर्णय गरिएको छ । प्रदेश सरकारले नै उनीहरुलाई आवश्यक ठाउँमा खटाउने सक्नेछन् ।’
बैठकले मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्तिको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...











