टेम्पो र माइक्रो हटाएरै,प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु
काठमाडाैँ २९, साउन । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ । सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी- ज्ञानेश्वर- मैतिदेवी-पुरानो बानेश्वर-सिनामंगल- कोटेश्वरसम्मको रुटबाट माइक्रो र टेम्पो विस्थापन गर्दै १७ ठूला बस चलाउन थालेको छ ।
यि बसहरु सोही रुट हुँदै मैतिदेवीबाट डिल्लीबार रत्नपार्क हुँदै फर्किनेछन् । यातायात व्यवस्था विभागका अनुसार यो एसियाली विकास बैंक (एडीबी)ले पहिचान गरेको वैज्ञानिक रुट हो ।
बस सेवको उद्घाटन यातायातमन्त्री रघुवीर महासेठले सञ्मबार नै गरेका थिए । मंगलबारबाट भने नियमित सेवा सुरू भएको छ ।
आजसम्म यो रुटलाई आधार बनाएर ३५ वटा टेम्पो र २६ वटा माइक्रो बस सञ्चालनमा थिए । अब तीनलाई अन्य टर्सरी रुटमा सारिएको छ ।
मंगलबारबाट सञ्चालनमा आएका सबै बस अपांगमैत्री छन् ।
नयाँ बसहरुमा जीपीएस सिस्टम छ । बसमा डिटिजल कार्डबाट पनि भाडा तिर्ने व्यवस्था पनि छ । जसमा विद्युतीय टिकेट पि्रन्ट हुन्छ । बसभित्र सुरक्षाका लागि सिसिटीभी क्यामेरा जडान गरिएका छन् ।
निशुल्क वाईफाई, एलइडी टीभी, रुटको नक्सा, लगायतका सुविधा पनि छन् । ह्वीलचेयर राख्ने स्पेश पनि छ ।
सरकारको जमानीमा नगर विकास कोषको सहुलियत ऋण सहयोगमा साना सवारी साधन हटाएर ४० सीट क्षमताका बस चलाइएको हो । सरकारले उपत्यकामा ‘मास ट्रान्स्पोर्टेसन’ प्रणाली लागू गर्न पहिलो चरणमा सामाखुशी यातायात र सफा टेम्पो परिवहन संघसँग सम्झौता गरेको थियो ।
दुवै यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले ठूला बस खरिद गरेर ‘दिगो सार्वजनिक यातायात कम्पनी’ दर्ता गराएका थिए । शुरुमा यो रुटमा व्यवसायी माइक्रो र टेम्पो हटाउन तयार भएका थिएनन् ।
सरकारले प्रोत्साहनका रुपमा सहुलियत ऋण र १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि उनीहरु कम्पनीमा जान सहमत भएका थिए । यो परियोजनामा ८० प्रतिशत लगानी ५ प्रतिशतको सहुलियत ब्याजदरमा उपलब्ध गराइएको छ । व्यवसायीले ५ प्रतिशत नगद लगानी गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












