सेञ्चुरीको गज्जबको कमाल,खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग
काठमाडाैँ ३०, साउन । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग हानेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा अवधिमा ८७ करोड ५७ लाखको उचाई चुमाएको हो । यो नाफा वितरणयोग्य मुनाफा समेत हो ।
बैंकले यो अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ११ करोड २८ लाख रुपैयाँ राइटब्याक समेत गरेको छ ।
बैंकले संचालन मुनाफामा समेत उस्तै फड्को मारेको छ । अघिल्लो वर्ष ७७ करोड ४२ लाखमा सीमित संचालन नाफा बढेर यो वर्ष १ अर्ब २७ करोडको उचाईमा पुगेको हो ।
व्यवसाय बिस्तारमा बैंक नेतृत्वले ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्ष १ अर्ब १३ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ८३ करोड पुगेको छ ।
बैंकले ६ अर्ब ८ करोड ब्याजबाट मात्र आम्दानी गरेको छ । ब्याज खर्च ४ अर्ब २४ करोड रुपैयाँ रहेको देखिएको छ ।
समीक्षा अवधिमा सेञ्चुरी बैंकले ६१ अर्ब ३२ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३९ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले आफ्नो जगेडाकोषलाई निकै मजुबत बनाएको छ । अघिल्लो वर्षसम्म ५२ करोड १२ लाखमा सीमित जगेडाकोषको आकारलाई १७९.७० प्रतिशतले बढाएर १ अर्ब ४५ करोडको उचाईमा पुर्याएको हो ।
बैंक व्यवस्थापनले खराब कर्जाको असूलीलाई प्राथमिकतामा राखेको रिपोर्टबाट देखिन्छ । यसैको फलस्वरुप १.१५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.४० प्रतिशतमा झार्न बैंक सफल बनेको छ ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७५.७८ प्रतिशत, कस्ट अफ फण्ड ८.८६ प्रतिशत, इक्वीटीमा प्रतिफल १०.१६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.२० प्रतिशत कायम भएको छ।
अघिल्लो वर्ष यही अवधिमा ८.६८ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी(इपीएस) बढेर १०.८६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५६ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












