राजदूत अधिकारीले गरिन् पतिसँग डिभोर्स
काठमाडाैँ ३१,साउन । पतिले उच्च शिक्षा दिलाएर पत्नीलाई राजदूतको ओहोदासम्म पुऱ्याउन सहयोग गर्छन् । हाइट बढेपछि पत्नीले पतिलाई सडकको बास गराउँछिन् ।
नेपालका लागि पाकिस्तानमा राजदूत रहेकी सेवा अधिकारी लम्सालको व्यवहारले यस्तै प्रश्न खडा गरेको छ । लम्सालले राजदूत बनिसकेपछि उमेर ढल्किसकेका पति प्रदीप अधिकारीलाई परित्याग गरेकी छिन् । उनले शक्तिको आडमा सबै सम्पत्ति हत्याएर पतिलाई सडकको बास गराइदिएकी छिन् ।
आफूले जीवनभर दुःख गरेर काठमाडौंको तीनकुनेको गैरीगाउँमा बनाएको घर पत्नीले कब्जा जमाएकी छिन् । इटहरीको मूल्यवान जमिन र बैंकमा सञ्चित गरिएको सम्पूर्ण रकम पत्नीबाट खोसिएपछि प्रदीप अधिकारी यतिबेला मीनभवनस्थित आफन्तको घरमा शरण लिइरहेका छन् ।
तीन छोरीका पिता अधिकारी पहिले गृह मन्त्रालयमा जागिरे थिए । गृहबाट उद्योग मन्त्रालयमा सरुवा गरिएका उनी कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवारत थिए । त्यहीँ सेवारत रहँदा अधिकारी सेवामुक्त भएका हुन् ।
निजामती सेवामा रहँदा कृषि विकास बैंकको चौथो तहमा जागिरे रहेकी पत्नी सेवा लम्साललाई आफैँले उच्च शिक्षा दिलाएर निजामती सेवामा प्रवेश गर्न प्रदीपले सहयोग गरेका थिए ।
परराष्ट्र मन्त्रालयअन्तर्गत रहेकी लम्सालले दुई वर्षअघि राजदूत नियुक्त हुनुभन्दा केही समयअघिदेखि नै पतिसँग विभिन्न निहुँ झिकेर झगडा गर्न थालेकी थिइन् । पतिले जागिर गुमाएपछि फरक व्यवहार गर्न शुरु गरेकी उनले आफ्नो ओहोदा बढ्दै गएपछि शयन कक्षसमेत पतिसँग अलग गरेको पीडित पतिको भनाइ छ ।
राजदूत नियुक्त भएपछि सेवामा परिवर्तन देखापरेको थियो । यसै क्रममा बुढेसकालका पतिलाई गत असार २० गते उनले कानूनी तवरमै छोडिदिएकी छिन् ।
पतिसँग सम्बन्धविच्छेद गरिदिँदा सेवाले प्रदीप अधिकारी पनि बाँच्न पाउनुपर्छ भन्ने सोचिनन् । घर, जग्गा र सम्पूर्ण नगद आफैँसँग राखेर उनले पतिलाई घरबाट निकालिदिइन् ।
सँगै जिउने, सँगै मर्ने वाचा गरेकी पत्नीले ठूलो ओहोदा भेट्टाएपछि यतिसम्म गर्लिन् भन्ने सपनामा पनि नसोचेका प्रदीप अधिकारीसँग यतिबेला वास बस्नका लागि घर छैन ।
खेतीपाती गर्नका निम्ति जग्गाजमिन पनि छैन । जागिर खानका लागि उमेर र अन्य केही काम गर्नका निम्ति जाँगर पनि छैन । यसरी रित्याइएका प्रदीपले बाँकी जिन्दगी कसरी गुजार्ने हुन्, चिन्ताको विषय बनेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











