अनलाइन सिस्टम सिस्टममा बैदेशीक रोजगारीबाट फर्किएकाको तथ्याङ्क राख्ने थालनि
काठमाडाैँ ३१, साउन । सरकारले अब विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्ने भएको छ । अहिलेसम्म यसको थालनी भएको थिएन ।
रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् ।
विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा उत्तर दिन नसक्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ ।
यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्याङ्क व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।
श्रममन्त्री गोकर्ण बिष्टले अबको १० दिनभित्र यस्तो अनलाइन सिस्टमको प्रयोग गर्न सुरु गरिने जानकारी दिएका छन् । यस्तो अनलाइन सिस्टममा जानेहरुको विवरण र सम्पुर्ण खालका तथ्यांक त रहने छ नै अब फर्किएकाहरुको पनि तथ्यांक सरकारसँग हुनेछ ।
अहिलेसम्म फर्किनेको तथ्यांक एकीन नहुँदा सरकारले नीति निर्माणमा अप्ठेरो खेप्दै आएको थियो ।
विदशे जाने युवाको तथ्यांकमा पनि अनेक प्रकारका अन्योल थिए । श्रम स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रुपमा मानिँदै आएको थियो ।
अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको हो ।
‘कामका लागि विदेश जान सबैको सम्पूर्ण व्यक्तिगत विवरण, नाम थर, ठेगानाा, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायताका सबै विवरण हामी अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी गरि राख्दै छौं,’ मन्त्री बिष्टले भने,’फर्किनेको पनि यस्तै विवरण सहित कुन कम्पनीबाट कति वर्ष काम गरेर कुन सीप लिएर फर्किएको छ भन्ने सबै व्यवस्थित गरिनेछ ।’
अहिलेसम्म कामका लागि श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी युवा विदेशिएको तथ्यांक भएपनि यसमा श्रम रि-इन्ट्री गरेर जानेको संख्या पनि जोड्ने गरिन्छ । जसले गर्दा तथ्यांकमा दोहोरपना छ ।
विदेशिएकामध्ये कति युवा स्वदेश फर्किए र कतिले फेरि श्रम इजाजत नवीकरण गरेर विदेश उडे भन्ने एकीन तथ्यांक अहिले सरकारसँग छैन ।
त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि व्यवस्थित तथ्यांक राख्ने निश्कर्षमा मन्त्रालय पुगेको हो । अब विदेशबाट फर्किएकालाई एयरपोर्टमै सोधिनेछ ‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? लगायत ।
देशमा रोजगारीको पर्याप्त अवसर र उचित वातावरण नभएपछि युवा शक्तिको विदेश पलायन जारी छ । विदेशमा काम गर्न जान चाहने युवाले सरकारसँग श्रम स्वीकृति लिनुपर्छ । सरकारले तोकेको कर तिरेपछि पनि अनेक हण्डर खानुपर्छ ।
श्रम अनुमतिका लागि युवाले तिर्ने राजश्व सरकारको आम्दानीको गतिलो श्रोत पनि हो । त्यही युवा विदेशबाट अनेक दुःखकष्ट सहेर फकिँदा राज्य र सरकारी निकायले कुनै चासो राख्दैनन् ।
उल्टै मलेसिया सहितका खाडी मुलुकबाट फर्किएका युवालाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार भएको गुनासो सुनिन्छ ।
तथ्यांक किन ?
श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर नै तथ्यांक लिने तयारी गरिएको बताउँछन् । विदेशबाट फर्किएका युवालाई ‘सोसियल रेमिट्यान्स’ भएकाले उनीहरुको तथ्यांक फेरि स्वदेशमा स्वरोजगार गराउने नीतिका लागि यो महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
‘कामदारले विदेश गएर कमाएर पठाउने रेमिट्यान्सको महत्व कति छ भनेर बयान गर्नुपर्दैन’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उनीहरुले विदेशमा संगालेका सीप र अनुभव त्योभन्दा निकै बहुमूल्य हुन्छ । त्यसको सदुपयोग गर्ने वातावरण तयार गर्न फर्किएका युवाबारे राज्यले चासो राख्न लागेको हो ‘
उनले राज्यले रोजगारी सम्बन्धी नीति बनाउँदा र कार्यक्रमहरु तय गर्दा पनि यस्ता तथ्यांकले निकै महत्व राख्ने बताए ।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन विन्दुबाटै विदेशमा काम गरेर फर्किनेहरुको तथ्यांक लिने योजना बनाइएको छ ।
अध्यागमन विभागको ‘एराइभल डेक्क’ प्रयोग गरेर सहज रुपमा तथ्यांक लिने योजना छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











