समृद्दिको विमानमा उडान भर्ने तयारिमा कम्युनिष्ट सरकार
काठमाडाैं ३१, साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिरहेको बताएका छन् ।
बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पामा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । सरकारलाई काम गर्न अवरोध गरेको छ, विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको छ । कांग्रेसले कुनै एजेन्डा नपाएर सरकारलाई कमजोर बनाउने षड्यन्त्रमा मात्र लागेको छ ।”
प्रधानमन्त्री ओलीले आफूहरु समृद्धिको नयाँ विमान उडाउने तयारीमा रहेको भन्दै ने क पाबाहेक अन्य दलमा पार्टी परित्याग गर्ने पहिरो जाने दाबी पनि गरे ।
“हामी समृद्धि, सुशासन, सदाचार, समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं । समाजवादको यात्राको लागि मौरीको साथमा लागेमा फूलको थुङ्गामा पुगिन्छ, झिङ्गाको साथ लागेमा फोहोरको थुप्रोमा पुगिन्छ । आज पार्टी प्रवेश गर्ने साथीहरु सबैले मौरीको साथ रोज्नुभएको छ, हामी सबै फूलको थुङ्गामा पुग्छौं,” उनले भने ।
“साथीहरुको प्रवेशले रोल्पा र झापा जोड्ने काम भएको छ, सिंगो नेपाल जोडिएको छ, नेपाली जोडिएको छ । नेपाली कांग्रेसबाट पार्टी प्रवेश गर्नुभएका साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरुले ढिलो छोड्नुभयो कांग्रेस । पार्टी स्थापना गरेर सत्तामा पुर्याउनु भएका गणेशमान सिंहले उहिलै कांग्रेस गनायो भनेर छोडे, कृष्णप्रसाद भट्टराईले छोडे । तपाईहरु किन ढिला ? ढिलै भएपनि कांग्रेस छोड्नुभयो, राम्रो गर्नुभयो । सबैले उचित किसिमको जिम्मेवारी पाउनुहुन्छ,” ओलीले भने ।
कार्यक्रममा ने क पाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले समृद्धिको नयाँ विमान उडाउन लागेको बताए । दाहालले भने, “नेपाली जनताले हामीलाई दुई तिहाईको मत दिएका छन् । हामी सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेका छौं । विमान उड्ने तयारीमा छ । तपाईंहरुको प्रवेशले विमान उड्न सहज हुनेछ । सरकार कमजोर पार्नेहरुको लागि तपाईंको प्रवेश गतिलो जवाफ हो ।”
उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबीसमेत गरे । ”ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम हो । आज ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको छ,” उनले भने । कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी उनले गरे ।
कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता ने क पामा प्रवेश गरेका छन्
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












