बैदेशीक रोजगारमा रहेका नेपालि कामदारका लागि संचय कोषकाे व्यवस्था गर्ने सरकारको तयारी
काठमाडाैँ ३१, साउन । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको छ। व्यवस्थापिका संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री गोकर्ण विष्टले स्वदेश र विदेशमा रहने नेपाली श्रमिकको सामाजिक सुरक्षाको व्यवस्था गर्न लागिएको जानकारी दिए।
नेपालमा रहेका श्रमिकहरुको संचय कोषको व्यवस्था गर्न अहिलेकै सामाजिक सुरक्षा कोषलाई सक्रिय बनाउने मन्त्रालयको तयारी छ।
तर विदेशमा जाने कामदारहरुको संचय कोष र अन्य सामाजिक सुरक्षा कार्यक्रमको लागि अध्ययन कार्यदल गठन गरिएको विष्टले जानकारी दिए।
उनका अनुसार अहिले मन्त्रालयले संचय कोष, राष्ट्र बैंक र मन्त्रालयका अधिकारीसहितको कार्यदल बनाइएको र त्यसले दिने सुझावको आधारका कार्यक्रम ल्याइने छ।
सबै श्रमिकलालाई सामाजिक सुरक्षाको छातामुनि ल्याउने आफ्नो योजना रहेको उनले बताए।
‘उमेर हुन्जेल सबै श्रमिकले काम गर्छन् तर पछि उमेर गएपछि वा अशक्त भएपछि पनि जीवन चलाउन सहज होस् भनेर संचय कोष वा त्यस्तै सामाजिक सुरक्षाको कार्यक्रम हामी बनाउँछौं’ उनले भने,‘त्यसरी श्रमिकले गरेको न्यूनतम योगदानको कोषबाट सरकारले लाभदायक परियोजनामा लगानी गरिदिएर आयको स्रोत बनाइदिनसक्छ वा बढाइदिने स्किम ल्याउँछ।’
विदेशमा काम गर्न जाने कामदारको हकमा भने कानूनी तथा प्राविधिक समस्या रहेकोले अहिले अध्ययन भइरहेको र उक्त अध्ययनपछि आउने सुझावको आधारमा कार्यक्रम आउने उनको भनाइ छ।
विदेशमा कमाएको तलबबाट न्यूनतम रकम संचय कोष वा अन्य कोषमा जम्म हुने व्यवस्था मिलाइने र त्यहाँबाट आउने ब्याजबाट कामदारका नेपालस्थित परिवारलाई सामाजिक सुरक्ष दिन सकिने उनको भनाइ छ।
कामदार फर्किएर कोषमा योगदानलाई निरन्तरता दिन पनि सक्ने र नदिएपनि त्यही रकमलाई लगानी गरिदिएर नियमित आयको स्रोत बनाइदिने वातावरण सरकारले बनाइदिने विस्टको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












