मन्त्री ज्यु खोई कहाँ हट्यो सिन्डिकेट ?
काठमाडाैँ ३१, साउन । संसद्को विकास समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएका र आगामी दिनका योजनाका बारेमा उपस्थित सांसदले मन्त्री रघुवीर महासेठसमक्ष आ–आफ्ना क्षेत्रका प्रश्न राखेका छन् । सांसद राजेन्द्र लिङ्देनले मन्त्रीलाई प्रश्न गरे, “मन्त्रीज्यूले यातायात क्षेत्रको सिन्डिकेट हटाएँ भनेर बारम्बार भन्दै आउनु भएको छ । सिन्डिकेट हटेको भए काठमाडौंबाट काँकडभिट्टा जाने भाडामा किन ५० रुपैयाँसम्म सस्तो भएन ?”
यातायात क्षेत्रको सिन्डिकेट नहटेको दाबी गर्दै सांसद लिङ्देनले मन्त्रालयले सिन्डिकेट हट्यो भन्नेमात्रै गरेको बताए ।
“मन्त्रीज्यूले सिन्डिकेट हट्यो भनेर मान्न सक्नुहुन्छ तर वास्वममा सिन्डिकेट हटेको छैन,” लिङ्देनले थपे, “सिन्डिकेट हटेको भए सर्वसाधारणले किनेको गाडी समितिको स्वीकृतिबिना चलाउन चलाउन अझै पनि पाइरहेका छैनन्, खोइ कहाँ हट्यो सिन्डिकेट ?”
जवाफमा मन्त्री महासेठले यही साउन १ गतेबाट यातायात संघ, समितिको नवीकरण नगरिएको र देशभरका करिब २ सय ५० यातायात संघ, समितिका बैंकखाता रोक्का गरिएको जिकिर गरे ।
“व्यवसायीको खातामा रहेको रकम राष्ट्रियकरण गर्ने भन्ने नै अहिलेको मुख्य अप्ठ््यारो हो, यस विषयमा वैशाखमा गठित ७ सदस्यीय सिन्डिकेट कार्यदलले प्रतिवेदन तयार गरिसकेको छ, त्यसको अध्ययनपछि मन्त्रिपरिषद बैठकको निर्णयबाट यसको टुङ्गो लगाइने छ,” मन्त्री महासेठले जवाफमा भने ।
सांसद लिङ्देनले बिर्तामोडबाट सदरमुकाम भद्रपुर जोड्ने सडकको स्तारोन्नति चाँडोभन्दा चाँडो सम्पन्न गरिसक्न मन्त्री महासेठको ध्यानाकर्षण गराए । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट झापाका दोमुखा, जामुनखाडी, अर्जुनधारा, इलामको कन्याम, माइपोखरी, सन्दकपुर, पाँचथरको फिदिम र ताप्लेजुङ्गमा अवस्थित पाथिभरालगायतका पर्यटकीयस्थल जोड्ने मुख्य सडकको दयनीय अवस्थाले आवत–जावत कष्टकर बनेको छ ।
“भद्रपुर–बिर्तामोड सडक र बिर्तामोड–राजगढहुँदै दक्षिणी सीमा जोड्ने सडकको खराब अवस्थाका कारण त्यहाँका जनताले निक्कै सास्ती खेप्नुपरेको छ । झापाका यी दुइटा सडक तत्काल मर्मतका लागि मन्त्रीज्यूले पहल गरिदिनुपर्यो,” उनले भने ।
यसका साथै लिङ्देनले काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको जिरोपोइन्ट ललितपुरको खोकना, बुङ्मतीलाई बनाउने कि फर्सीडोललाई बनाउने भन्नेमा स्थानीय अझै असतुष्ट रहेको बताए ।
“फास्ट ट्रयाक निर्माण गर्दा ललितपुरको त्यस क्षेत्रमा रहेका हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सांस्कृतिक धरोहरहरु नमासी उनीहरुलाई उचित मुआब्जा दिएर स्थानान्तरण गराउनु उचित हुनेछ,” लिङ्देनले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












