साताभरमा डेढ अर्बको कारोबार, नेप्सेले झिनो आसा देखायो
काठमाडाैँ १, साउन । पूँजीबजार लगानीकर्ताहरुका लागि यो साता त्यति फलादायी बन्न सकेन । साताभर भएको कारोबार फलदायी बन्न नसके पनि लगानीकर्ताहरुका लागि यो साताको अन्तिम दुई दिनको कारोबारले आशा भने जगाएको छ ।
लामो समयदेखि ओरालो लागेको बजारमा साताको अन्तिम दुई दिन अर्थात बुधबार र बिहीबार भने उकालो लाग्यो । बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेपछि लगानीकर्ताहरु हर्षित देखिएका हुन् ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म २२ हजार ५ सय २० वटा कारोबार भए ।
कारोबार रकममा उल्लेखीय सुधार
सातामा ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेले दिएको जानकारी अनुसार ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले घटेर अन्तिम दिन १२ सय १०.३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले घटेर २५५.३८ अंकमा आइपुगेको छ ।
कारोबार रकममा नेपाल लाइफ अग्रस्थानमा
यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । सात करोड ८४ लाख रुपैयाँको कारोबार गदै नेपाल लाइफ पहिलो स्थानमा देखिएको हो ।
त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । -एक लाख ७५ हजार कित्ता कारोबार गर्दै मेगा अग्रस्थानमा देखिएको हो । उता कारोबार संख्या १ हजार २ सय ६५ का आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ पछि नविल बैंक देखिएको छ । यसैगरी प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नविल बैंक संस्थापक कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












