उर्जा क्षेत्रको बिकासले नै समृद्द नेपालको सपना साकार पार्छ : मन्त्री पुन
काठमाडाैँ १, साउन । ऊर्जामन्त्री वर्षमान पुनले देशभरिका ५६ लाख घरधुरीले नै जलविद्युत आयोजनामा सेयर पाउने वातावरण सुनिश्चित गरिने बताएका छन् । उनले आयोजनाहरुको निर्माणमा सबै घरधुरीको सेयर लगानी गराउने गरी सरकारले काम गर्ने बताए ।
‘भविष्यमा वृद्धभत्ता लिएजस्तै सेयरबाट लाभ मिल्ने गरी सबै घरले जलविद्युतमा सेयर हाल्न पाउने वातावरण सरकारले बनाउँदैछ,’ नेपाल विद्युत प्राधिकरणको वाषिर्कउत्सव समारोहमा पुनले भने,’ऊर्जामा हुने लगानीमार्फत नै सबै नेपालीको घरमा समृद्धि ल्याउने सपना सकार पारिनेछ ।’
मन्त्री पुनले अब राजनीतिक दबाब र प्रभावका आधारमा आयोजना बनाउने र हत्याउने अवस्थाको अन्त्य गरिने समेत बताए । उनले अब जलविद्युत आयोजनाहरु प्रतिस्पर्धाका आधारमा नै निर्माण गरिने बताए ।
राजनीतिक भनसुनका आधारमा आयोजना अघि बढाउँदा समयमै निर्माण नहुने, लागत महंगो पर्ने लगायतका समस्या आउने गरेको भन्दै यस्तो हुन नदिन अब सरकारले प्रतिस्पर्धालाई नै मुख्य आधार बनाउने प्रष्ट्याए । उनले प्रतिस्पर्धालाई पन्छाउँदा कतिपय आयोजननामा तेब्बरसम्म खर्च भएको उल्लेख गरे ।
‘अहिले हामीले सहीसँग काम नगर्दा आउने पुस्तालाई बोझ नहोस् । त्यसैले आयोजनाहरुलाई प्रतिस्पर्धाको आधारमा जनताको लगानी सुनिश्चित गर्दै अघि बढाउने योजनामा हामी छौं,’ उनले दोहोर्याए ।
मन्त्री पुनले आफूले कुलेखानी-३ आयोजना अगस्ट महिनाभित्रै सम्पन्न हुनुपर्ने भनेर चिनियाँ दूतावासको पनि ध्यानाकर्षण गराएको बताए । यस्तै माथिल्लो त्रिशुली थ्री ए आयोजना पनि जनवरीभित्रै सम्पन्न नगर्ने गरी काम तीव्र पार्न उनले प्राधिकरणलाई निर्देशन दिए ।
मन्त्री पुनले विगतमा लोलसेडिङ अन्त्यका लागि मिहिनेत गरेजस्तै अब विश्वसनीय र भरपर्दो विद्युत सेवा दिने गरी काम गर्नुपर्ने बताए ।
‘प्रसारणलाइनको राइट अफ वेमा परेको जग्गामा परेका पीडितलाई आफ्नै घरघँडेरी परेकोजस्तो मानेर व्यवहार गर्नुस्,’ पुनले प्राधिकरणका कर्मचारीलाई निर्देशन दिँदै भने,’विद्युतीय दुर्घटनामा मान्छे मर्ने अवस्था नआओस् । मृत्यु बेहोर्नेहरु आफ्नै परिवारका सदस्य हुन् भन्ने मानेर अघि बढ्नुस् ।’
उनले कर्मचारीलाई आफ्नो कार्यशैलीमा पनि सुधार ल्याउन भनेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












