सडकमा नाङ्गिनेहरु नेपाली होइनन्, नेपाल बिरोधी हुन्:राष्ट्रियसभा सदस्य बिंडारी
काठमाडाैं ४, भदाै । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नभई नेपाल बिरोधि भएको अभिव्यक्ति दिएका छन् ।
राष्ट्रियसभामा सोमबार कानूनमन्त्री भानुभक्त ढकालले पेस गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथिको छलफलका कममा उनीहरुले माइतीघर मण्डलामा र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नभएको बताएका हुन् ।
सदस्य रामनारायण बिंडारीले नेपाली समाज बिकृत हुँदै गइरहेको र संसारमा भएका बिकृतिहरु माइतीघर मण्डलामा र सडकमा देखाउन थालिएको भन्दै रोष प्रकट गरे । ‘हाम्रा देशमा राम्राराम्रा कुराहरु पनि भित्रिएछन्, अपराध पीडितलाई संरक्षण गर्ने कानून पनि आएछन्’, बिडारीले व्यंग्य गर्दै अगाडि भने, ‘मान्छे सिंगै सडकमा ल्याउनी, युवालाई ल्याउनी, युवतीलाई ल्याउनी !’
सडकमा नाङ्गै प्रदर्शन गर्नेहरु नेपाली नभएको र नेपाल बिरोधी रहको आरोपसमेत बिडारीको छ । ‘तिनिहरु नेपाली होइनन । नेपाल बिरोधी हुन् । संविधानका विरोधी हुन्,’ उनले भने, ‘राष्ट्रियसभामा पेस भएको अपराध पीडित संरक्षण विधेयकमाथि गम्भीर छलफल गरेर लागु भएपछि मुलुकमा अपराध नियन्त्रण्का लागि ठूलो कोशेढुङ्गो हुनेछ ।’
अर्का सदस्य राधेश्याम अधिकारीले सय जना अपराधी छुटोस तर एक जना निरअपराधी नपरोस भन्ने मान्यता नै गलत भएको टिप्पणी गरे । तर, निरअपराधी परेको खण्डमा त्यो अन्यायपूर्ण हुनेमा भने दुइमत नरहेको उनको भनाइ छ ।
अदालतले ठहर नर्गदासम्म अपराधी अभियुक्त भन्ने मान्यतासमेत पीडित नभएर पीडकको पक्षमा रहेको अधिकारीले बताए ।
सदस्य प्रकाश पन्तले अपाङ्गता भएकाहरु पीडित भएको घटनामा पीडकलाई कारवाही र क्षतीपूर्ति दोब्बर गर्नुपर्ने व्यवस्था विधेयकमा थप्नुपर्ने बताए ।
अनिता देवकोटाले हिंसामा सबैभन्दा बढी बालबालिका र महिलाहरु पर्ने गरेकाले त्यसलाई सम्बोधन गर्न सक्ने गरी विधेयक कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
पीडकले क्षतीपूर्ति भराउन सक्ने अवस्था नरहेको अवस्थामा त्यसको जिम्मवारी सरकारले लिनुपर्नेमा उनको जोड छ ।
सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री भानुभक्त ढकालले संविधानले परिकल्पना गरेअनुसार अपराध नियन्त्रणका लागि सरकार दत्तचित्त रहेको बताए ।
सोमबार नै विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत भएको छ । अब ७२ घण्टाभित्र राष्ट्रियसभा सदस्यहरुले विधेयकमाथी संशाधन दर्ता गर्न सक्नेछन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











