बिम्स्टेक सम्मेलनमा भीभीआईपीलाई बुलेटप्रुफ गाडी भाडामा लिन दुई करोड निकासा
काठमाडाैं ४,भदाै । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको तयारीलाई तीव्र पारेको छ। बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटप्रुफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलव्ध गराएको छ।
आगामी भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन भदौ ११ गतेदेखि पाहुनाहरू काठमाडौँ आउनेछन्।
सम्मेलन पूर्व भदौ १२ गते उच्च अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरीय बैठक बस्ने छ। परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।
अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतको भैपरी आउने साधारण प्रशासन तर्फको बजेटलाई रकमान्तर गरी गृहमन्त्रालयलाई उपलब्ध गराएको हो।
विम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने सरकार प्रमुख र राष्ट्रप्रमुखसहितका भीभीआईपीको सुरक्षाका लागि बुलेटप्रुफसहितका सवारी साधन भाडामा लिनका लागि सो रकम रकमान्तर गरी प्रदान गरिएको हो।
सात सदस्य रहेको बिम्स्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषद्की प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदै छन्।
त्यस्तै सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीहरु, विदेश मन्त्रालयका उच्च अधिकारीहरुसमेत सम्मेलनमा सहभागी हुन नेपाल आउँदै छन्।
पावर ग्रिड सम्झौताको तयारी
यसैबीच बिम्स्टेक सम्मेलनको अवसरमा सदस्य राष्ट्रहरुबीच पावर ग्रिड सम्झौता हुने भएको छ। सदस्य राष्ट्रहरुबीच यस सम्बन्धी सम्झौताको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस सम्बन्धि सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएको हो।
सडक व्यवस्थापन तथा सफाइ गर्दै सरकार
यसैबीच बिम्स्टेकको तयारीमा जुटेको सरकारले सडक व्यवस्थापनसहितका कामलाई समेत तिब्रता दिएको छ। बिम्स्टेकको सम्मेलनका लागि सडकको उचित व्यवस्थापन गर्न ढिलाइ नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार मन्त्रालयले सडकका पिच गर्ने कामलाई तीब्र पारेको छ।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











