बिम्स्टेक सम्मेलनमा भीभीआईपीलाई बुलेटप्रुफ गाडी भाडामा लिन दुई करोड निकासा
काठमाडाैं ४,भदाै । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको तयारीलाई तीव्र पारेको छ। बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटप्रुफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलव्ध गराएको छ।
आगामी भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन भदौ ११ गतेदेखि पाहुनाहरू काठमाडौँ आउनेछन्।
सम्मेलन पूर्व भदौ १२ गते उच्च अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरीय बैठक बस्ने छ। परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।
अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतको भैपरी आउने साधारण प्रशासन तर्फको बजेटलाई रकमान्तर गरी गृहमन्त्रालयलाई उपलब्ध गराएको हो।
विम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने सरकार प्रमुख र राष्ट्रप्रमुखसहितका भीभीआईपीको सुरक्षाका लागि बुलेटप्रुफसहितका सवारी साधन भाडामा लिनका लागि सो रकम रकमान्तर गरी प्रदान गरिएको हो।
सात सदस्य रहेको बिम्स्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषद्की प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदै छन्।
त्यस्तै सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीहरु, विदेश मन्त्रालयका उच्च अधिकारीहरुसमेत सम्मेलनमा सहभागी हुन नेपाल आउँदै छन्।
पावर ग्रिड सम्झौताको तयारी
यसैबीच बिम्स्टेक सम्मेलनको अवसरमा सदस्य राष्ट्रहरुबीच पावर ग्रिड सम्झौता हुने भएको छ। सदस्य राष्ट्रहरुबीच यस सम्बन्धी सम्झौताको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस सम्बन्धि सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएको हो।
सडक व्यवस्थापन तथा सफाइ गर्दै सरकार
यसैबीच बिम्स्टेकको तयारीमा जुटेको सरकारले सडक व्यवस्थापनसहितका कामलाई समेत तिब्रता दिएको छ। बिम्स्टेकको सम्मेलनका लागि सडकको उचित व्यवस्थापन गर्न ढिलाइ नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार मन्त्रालयले सडकका पिच गर्ने कामलाई तीब्र पारेको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












