यी व्यापारिले दिए विप्लवलाई खनखनी चन्दा, हेर्नुहोस विवरण
काठमाडाै ६,भदाै । जनताबाट निर्वाचित सरकार छ । उसले आवश्यकताअनुसार क्षेत्र निर्धारण गरेर कर संकलन र सेवाप्रवाहको कार्यक्रम ल्याउँछ, ल्याइरहेको छ ,। तर त्यहि स्थितिमा सामानान्तर सत्तको शैलिबाट कर संकलन गर्ने अवस्थालाई यो सरकार कासरि सम्बोधन गर्ला ? अनि राज्य लाई कर नतिर्ने वा कर छल्ने तर सशस्त्र समुहलाई भने खनखनि पैसा दिने ब्यावसायिमाथि कस्तो दृष्टिकोण राख्ला ? जनयुद्दताका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा त्यस्ता चन्दादातालाई आतंककारि मत्तियार हुन भन्थे ।
अहिले नेकपा विप्लव समुहले त्यस्तै चन्दाको धन्दालाई तीब्रता दिएको छ । उसले चलाएको चन्दा असुलिको फेरिस्त लामो छ सो पार्टिका प्रवक्ता तथा आर्थिक विभाग प्रमुख प्रकाण्ड ( खड्गबहादुर विक ) पक्राउ परेपछि प्रहरिद्वारा बरामद डायरिमा देखियो , चन्दा संकलनका लागि कसको जिम्मा कहाँ-कहाँ रहेछ ।
उनीहरुले ८१ थरिका चन्दादाताको नाम सुचीकृत गरेको फेला परेको छ ।कुन -कुन तहसम्म केन्द्र ,ब्युरो र जिल्लाको नेतृत्वले हात हाल्ने भनेर ब्यवस्थित रुपमै सुची तयार पारिएको छ ।त्यसमा ‘ए’ क्लासमा केन्द्रले , ‘बी’क्लासको ब्युरोले र ‘सि’क्लासको जिल्लाले चन्दा उठाउने डायरिमा उल्लेख गरिएको छ । राष्ट्रिय उद्योग र चार-पाँच तारे होटेलमा केन्द्रले, बाँकि दुई तिन तारे श्रेणिमा व्युरोले , झिनामसिना लज र घण्टेगेष्टहाउसबाट जिल्लाले चन्दा उठाउने भनिएको छ ।
अस्पतालमा सय शैंययाभन्दा माथि केन्द्रले ५० सम्मको ब्युरोले त्यो भन्दा तलको जिल्लाले आर्थिक सहयोगमा जिल्लाले पुर्जि काट्ने अधिकार दिएको छ ।हाइड्रोमा १० मेगावाटमाथिको केन्द्रले,५- १० मेघावाटसम्मका ब्युरो र त्यो भन्दा तलको जिल्लाले पैसाको लागि ताकेता गर्ने पनि उल्लेख छ । त्यस्तै थुप्रै क्षेत्र यातायात, क्यासिनो,बैंकसंग केन्द्रले ,फाइनान्स कम्पनिहरुमा ब्युरोर माइक्रोफाईनान्स,स्थानिय सहकारिहरुसंग जिल्लाले उठाउने गरि ब्यस्थित तरिकाले वर्गिकरण गरिएको प्रकाण्डको डायरिबाट खुलेको छ ।
यसरि विप्लवलाई चन्दा दिनेमा राजेश खड्का जेम्स स्कुलले २०लाख डिल भएकोमा १५ लाख दिसकेको रहेछ अब ५लाख दिन बाँकि देखियो।पुर्वसभासद गीता राणा क्षेत्रीको ग्यालेक्सि स्कुलसंग पनि २०लाखमै डिल भएको १५ दिसकेको ५लाख बाँकि छ । टिएल चाैधरिको नाइटिङगेल स्कुलले ५लाखमा पाँचै लाख दिसकेको रहेछ ।हेलि एभरेष्टले १० लाखमा डुिल भएकोमा ३लाख दिएको ७लाख बाँकि देखिन्छ ।पुर्वसभासद समेत रहेका उमेश श्रेषठको लिटिल एञ्जल्सले २०लाख दिने बचन दिए पनि ३लाख मात्र दिएर अहिले सम्म झुलाइरहेको पाईयो । आैषधि माफिया भनेर चिनिने विशाल पण्डितले ५लाख डिने भनेकोमा १लाखमा टारेको हिसाबसमेत त्यसैमा छ ।पोहोर मारिएका निर्माण ब्याबसायी अध्यक्ष शरद गाैचनले १० लाख दिने बचन दिएका रहेछन । कांग्रेस नेता तथा निर्माण ब्याबसायी पुर्वअध्यक्ष जिपछिरिङ लामाले १० लाखमा १०लाखै दिइसकेका रहेछन । प्रकाण्डको डायरिमा ‘दिपकबाट आएको ‘ भनि १५लाख जनाइएको छ ।ति दिपक को हुन ? मल्होत्र,भट्ट,मनाङे भन्ने चाँहि खुलेको छैन ।शर्मा एण्ड कम्पनिका रमेश शर्माले १० लाख दिइसकेको रहेछ ।अरु त अरु नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनिको मुख्य प्रबन्धमा स्थापित रसुवागढि हाइड्रोपावर कम्पनिले पनि १० लाख दिएको रहेछ ।कर्मचारि सञ्चयकोषको रीणबाट रसुवामा १११मेघावाट विद्युत उत्पादनका लागि उक्त कम्पनि सन्चालनमा आएको हो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












