किन तिरेनन्, पूर्वसभामुखदेखि तत्कालीन माओवादीका मन्त्रीहरूले लेबी
काठमाडाैँ ६, भदाै । पूर्वसभामुख ओनसरी घर्तीले तत्कालीन माओवादी केन्द्रलाई बुझाउनुपर्ने लेबीबापतको ठूलो रकम नतिरेको पाइएको छ । यस्तै ठूलो रकम नतिर्नेमा पूर्वमन्त्रीहरूको पनि नाम छ ।
तत्कालीन माओवादी र एमालेबीच एकतापछि सुरु हुन थालेको एकीकृत कारोबारमा ती नेताहरूको लेबी बक्यौता देखिएको छ । लेबीबापतको रकम झन्डै २५ लाख छ । तत्कालीन माओवादीले आफ्ना मन्त्रीहरूलाई मासिक १५ हजारका दरले लेबी तोकेको थियो । यद्यपि यस्तो लेबी अरू पार्टीले पनि तोक्ने गरेका छन् ।
२०७१ कात्तिकदेखि २०७४ अशोज सम्मको हिसाब किताब अनुसार पूर्वसभामुख ओनसरी घर्तीले पार्टीलाइ सात लाख लेबी बापतको रकम बुझाउनुपर्ने देखिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको सचिवालय निकट स्रोतबाट प्राप्त जानकारी अनुसार शिक्षामन्त्री डीआर पौडेलले झन्डै डेढ लाख रुपियाँ लेबीबापतको रकम बुझाएका छैनन् । त्यस्तै प्रभु साहको नाममा एक लाख २५ हजार, टोपबहादुर रायमाझीका नाममा करिब ३० हजार, जनार्दन शर्माको झन्डै एक लाख, शक्तिबहादुर बस्नेतको ४६ हजार, गौरीशङ्कर चौधरीको करिब ४५ हजार लेबी बक्यौता छ ।
त्यस्तै महेन्द्रबहादुर शाहीको झन्डै एक लाख, शिवकुमार मण्डलको झन्डै एक लाख, अजयशङ्कर नायकको नाममा ४० हजार, सुरेन्द्र कार्कीको नाममा ४५ हजार लेबीबापतको रकम वक्यौता छ ।
सन्तकुमार थारुका नाममा ३५ हजार र दलजित श्रीपाइलीका नाममा ३० हजार रुपियाँ लेबीबापतको बक्यौता छ । त्यस्तै राज्यमन्त्रीहरूले पनि लेबीको रकम बुझाएका छैनन् । ओङ्दी शेर्पा, रामसिंह यादव, छमबहादुर गुरुङ, गोमा कुँवर, कर्णबहादुर विकले ७५ हजारका दरले लेबी बुझाउन बाँकी देखिएको छ ।
त्यस्तै सांसद अशोककुमार मण्डलका नाममा एक लाख २० हजार रुपियाँ लेबीबापतको रकम बुझाउन बाँकी देखिएको छ ।
लेबी बुझाउन ७ गतेसम्मको म्याद
पूर्वसभामुखदेखि मन्त्रीहरूलाई पार्टी कार्यालय पेरिसडाँडाबाट लेबी बुझाउन भदौ ७ गतेसम्मको म्याद दिइएको छ । तत्कालीन माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयका मुख्य सचिव प्रह्लाद बुढाथोकीले आफ्ना केही पूर्वमन्त्रीहरूको लेबीबापतको रकम बाँकी रहेकाले उनीहरूलाई साउन ७ गतेसम्मको समय दिएको बताए । बुढाथोकी भन्छन्– ‘हामीले सबैलाई खबर गरेका छौँ । केही रकम आउने क्रममा छ । भोलिसम्मको समय छ । सायद सबैको आउला ।’
पार्टी कार्यालयबाट लेबी बुझाउन बाँकी भएका पूर्वमन्त्रीहरूलाई म्यासेजमार्फत लेबी बुझाउन आग्रह गरेको छ । तर अहिलेसम्म बाँकी रहेका कसैले लेबीबापतको रकम बुझाएका छैनन् ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएपछि दुवैतर्फको सम्पत्ति एकीकृत गर्ने कार्य भइरहेको छ । यस्तोमा तत्कालीन माओवादीका पूर्वसभामुख र मन्त्रीहरूले रकम नबुझाए त्यो बक्यौतासहित नेकपाको नाममा जाने भएको छ । यही हिसाब किताब मिलानमा तत्कालीन माओवादी पार्टी कार्यालय लागेको छ । तत्कालीन माओवादीका अधिकांश हिसाब किताब भद्रगोल अवस्थामा छन् ।
पार्टी एकता भएको तीन महिना पुगिसक्दा पनि अहिलेसम्म दुवै पार्टीको आर्थिक कारोबार छुट्टाछुट्टै खाताबाट भइरहेको छ ।
अहिलेका मन्त्री धेरैले लेबी बुझाएका छन्
हाल केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि तत्कालीन माओवादीले आफ्ना मन्त्रीलाई मासिक १५ हजार रुपियाँ लेबी रकम बुझाउनुपर्ने नियम बनाएको थियो । तत्कालीन एमालेले पनि आफ्ना मन्त्रीहरूलाई मासिक १५ हजार लेबी तोकेको थियो । यसबाहेक तत्कालीन माओवादीले आफ्ना सांसदलाई १२ र एमालेले १३ हजार मासिक लेबी तोकेको थियो ।
स्रोतका अनुसार तत्कालीन एमालेका धेरै मन्त्रीहरूले नियमित लेबी बुझाउने गरेका छन् । त्यस्तै तत्कालीन माओवादीबाट हाल सरकारमा रहेका केही मन्त्रीहरूले पनि नियमित लेबीबापतको रकम बुझाएको स्रोतले बतायो । अहिलेसम्म तत्कालीन आआफ्नो पार्टीको नाममा नै लेबी रकम बुझाउने गरिएको एक मन्त्रीले बताए ।
लेबी नेकपाको मुख्य स्रोत
तत्कालीन दुई पार्टी एकतापछि बनेको नेकपाले मुख्य आर्थिक स्रोत लेबीलाई बनाएको छ । नेकपाको अन्तरिम विधानको अध्याय १४ मा पार्टी कोष र सम्पत्तिसम्बन्धी व्यवस्था गरेको छ । विधानमा केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय कोष निर्माण गर्ने मुख्य आधार सदस्यता शुल्क तथा लेबीलाई मानेको छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार नेकपाका झण्डै पाँच लाख सङ्गठित सदस्य छन् । नेकपाले सदस्यता शूल्क मासिक २५ र सङ्गठित सदस्यता शुल्क ५० रुपियाँ तोकेको छ । पार्टीको तर्फबाट प्रधानमन्त्री, मन्त्री, सांसद, केन्द्रीय तहको राजनीतिक नियुक्ति, मुख्य मन्त्री, मन्त्री, प्रदेश सांसद, प्रदेश तहको राजनीतिक नियुक्ति, विभिन्न तहका जनप्रतिनिधि र हरेक राजनीतिक नियुक्ति लिएका व्यक्तिले लेबी बुझाउनुपर्ने नेकपाको विधानमा छ ।
विभिन्न तहबाट उठेको लेबी रकम पार्टी कोष र कार्यकर्ता संरक्षण कोषमा जम्मा गर्ने विधि नेकपाले बनाएको छ । पार्टीको कोषमा रहेको रकमले कार्यालय सञ्चालन, पार्टी कार्यालयमा रहने र अध्यक्षको कार्यालयमा रहने कर्मचारीको भरणपोषण लगायतका काममा खर्च गर्ने गर्छन्
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












