प्रधानमन्त्री ज्यु केहि सिक्ने कि ! इमरान खानबाट
इमरान खानको घोषणाले दक्षिण एसियामा हलचल
काठमाडाै ६,भदाै । नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार छ । सरकार गठन भएको ६ महिना पुग्दा समेत जनताको पक्षमा प्रभावकारी काम हुन नसकेका कारण जनतामा निराशा फैलिइरहेको छ ।
समाजवादको नारा दिएको कम्युनिस्ट पार्टीको सरकारले कर मात्रै थोपरेको भन्दै आलोचना भइरहेको बेला संसारका समाजवादी र पूँजीवादी भनिने देशहरुलाई समेत टक्कर दिने गरी पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले नयाँ र अविश्सनीय खालका जनपक्षीय घोषणहरु गरिरहेका छन् ।
उनका घोषणाले विशेष गरी तेस्रो विश्वका देशका राजनीतिमा नयाँ नयाँ खालको भूकम्प नै जाने अवस्था सिर्जना भएको छ ।
पूर्व क्रिकेटर खानको पछिल्लो घोषणाले पाकिस्तानको सत्तामा विगत लमो समयदेखि तर मार्दै आएका परम्परागत शक्तिलाई समेत नराम्ररी झस्काइदिएको छ ।
पाकिस्तानमा हालैको निर्वाचनमबाट सबैभन्दा ठूलो दलका नेता बनेका इमरान खानले आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै महँगो हबेलीमा नबस्ने घोषणा गरेका छन् । उनी चाहन्थे आफ्नै निवासबाटै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने । तर, सुरक्षाको कारण देखाउँदै घरमा नै बस्न भने दिइएको छैन ।
यद्यपि उनका पछिल्ला घोषणाले पाकिस्तानको परम्परागत राजनीतिमा नयाँ धक्का दिएको छ । जुन नेपालको हकमा पनि प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालको रहेको छ ।
लाखौं पाकिस्तानी अझै पनि गरीबीको रेखामुनि बाँच्न विवश रहेको अवस्थामा आफू प्रधानमन्त्रीका लागि बनाइएका महँगा हबेलीमा बस्न नसक्ने उनको भनाई छ ।
खानले बेलायती मोडलमा आधारित कल्याणकारी राज्य प्रणाली अवलम्बन गर्ने, कम खर्चिलो जीवनयापन गर्ने बाचासमेत पाकिस्तानी नागरिक र आफ्ना मतदातासमक्ष व्यक्त गरेपछि पाकिस्तानको परम्परागत सत्ताको केन्द्रमा दश रिक्टर स्केलको भूकम्प गएको छ ।
सरकारी ढुकुटीबाट अनुदानका नाममा रकम खर्चिने परम्परालाई बन्द गर्ने उनको बताएका छन् । विगतमा प्रधानमन्त्रीको नाममा ठूलो धनराशी खर्च हुने गरेको भन्दै त्यसलाई कटौती गर्ने उनले घोषणा गरेका छन् ।
करिब ३ खर्ब ५ अर्ब डलरको अर्थव्यवस्थामा भुक्तानी सन्तुलन कायम गर्ने क्रममा पाकिस्तानको केन्द्रीय बैंकले गत डिसेम्बरमा चार गुणाले आफ्नो मुद्राको अवमूल्यन गरेको थियो, जुन डलरको तुलनामा २० प्रतिशत कमी रहेको थियो । सन् २०१३ मा यस्तै परिदृश्य पाकिस्तानले आईएमएफबाट ६ दशमलव ७ अर्ब डलर ऋण लिनुपरेको थियो ।
पाकिस्तानको अर्थव्यवस्था ५ दशमलव ८ प्रतिशतले उकालो लागे पनि १३ वर्षयता सबैभन्दा तीव्र गतिमा पाकिस्तानको चालु खातामाथि दबाब परेको पाकिस्तानी सञ्चार माध्यमहरुको भनाइ छ ।
पाकिस्तानको केन्द्रीय बैंक संसारभर बढेको इन्धनको मूल्यका कारण सबैभन्दा बढी चिन्तामा रहेको छ । पाकिस्तानले आफ्नो कूल खपत गर्ने इन्धन मध्ये ८० प्रतिशत भन्दा बढी आयातबाट परिपूर्ति गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ का अनुसार प्रधानमन्त्रीमा खानको आगमनले सेयर बजारमा उछाल आएको छ । ऋणपत्रको बजार समेत बढेको छ ।
सेयर बजारको आकस्मिक बुलिस टे«न्डले पाकिस्तानी लगानीलाई समेत खुसी थपेको छ ।
‘लाखौं पाकिस्तानी अझै गरिबीको रेखामुनि छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि बनाइएको हबेलीमा बस्दा मलाई लज्जा हुनेछ,’ उनले मंगलबार गरेको सम्बोधनमा भने ।
उनले सबै सरकारी भवनहरूलाई जनताका लागि उपयोग गर्दै कम खर्चिलो जीवनयापन गर्ने घोषणा गरेका छन् ।
उनले बढी कर प्राप्त गर्न र मुलुकलाई अधिक प्रतिफल दिलाउनका लागि सरकारी संस्थालाई बलियो बनाउनुपर्ने घोषणा गरेका छन् ।
करदाताहरूको रकमको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री खानले नागरिकको कर रकमको अनावश्यक दुरुपयोग नहुने विश्वास दिलाएका छन् ।
जहाँ गरिबी बढेकै छ र समानता सहितको पाकिस्तान बनाउने हाम्रो ठूलो सपना पनि भताभुंग भएको थियो, अब त्यसो हुन दिइने छैन । उनले गलत क्रियाकलापलाई ठीक बाटोमा ल्याउने समेत वाचा गरेका छन् ।
अर्थव्यवस्थामा आमूल परिवर्तन सोचेजस्तो सजिलो नभएको समेत उनको भनाइ छ ।
मुद्रा संकट रोक्न र दशकौंदेखि जारी मुद्रास्फीति चक्रलाई समाप्त गर्नका लागि आवश्वयक दीर्घकालीन सुधारहरू लागू गर्ने काम कठिन हो, तर त्यो समस्याबाट पाकिस्तानलाई निकाल्ने उनको प्रतिवद्धता छ ।
सन् १९८० को दशकको अन्त्यमा आईएमएफबाट पाकिस्तानको १२ औं बक्यौताको माग गर्दै मुलुकको मुद्रामाथिको दबाब कम गर्नुुपर्ने देखिएको छ ।
पाकिस्तानमा अझै पनि कर नबुुझाउनेहरूको संख्या धेरै रहेकाले ती सबैलाई त्यसका लागि मानसिक रुपमा नै तयार पार्नका लागि पनि उनले ठूलै पापड पेल्नुपर्ने अवस्था छ ।
तर उनले घोषणा गरेका जति सबै कार्यान्वयन भए त्यसको बाछिटा नेपालमा पनि पर्ने स्वभाविक छ । किनकि समाजवादी भनिएको कम्युनिस्ट सरकारले केही गर्न नसक्ने उता कुनै पनि विचार नभएको भनिएको पार्टीका प्रमुखले जनताको पक्षमा धेरै गरे भने त्यसले पक्कै पनि प्रभावकारी प्रभाव पार्नेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












