तस्करीले थेगेको सुनको बजार,तस्करी रोकिँदा तीजको बेला सुन अभाव !
काठमाडाैं ७,भदाै । मागअनुसार कच्चा सुन आपूर्ति नभएको भन्दै चितवन र रुपन्देहीका व्यवसायीले पसल बन्द गरे । काठमाडौं उपत्यकाका व्यवसायीहरु पनि सुन छैन भन्न थालेका छन् ।
उनीहरुका अनुसार तत्काल आपूर्ति व्यवस्थामा सुधार नआए काठमाडौंमै पनि पसल बन्द गर्नुपर्ने हुन्छ ।
विगत दुई हप्तादेखि बजारमा सुनको अभाव सुरु भएको हो, जुन पछिल्ला दिनमा चर्किंदै गएको व्यवसायी बताउँछन् । तीज अघि सुनको माग बजारमा ह्वात्तै बढ्छ । तर, त्यही बेला सुन नपाएपछि व्यवसायीले स्वतःस्फूर्त रुपमा पसल बन्द गर्न थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
‘गोल्डेन ब्ल्याक मार्केट’
राष्ट्र बैंकले अहिले दैनिक २० केजीसम्म सुन आयात गर्न दिन्छ । यो भनेको १७ सय १५ तोला हो । तर, यसले देशभरको माग दैनिक माग धान्न नसकेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
पछिल्ला वर्षहरुमा बैधानिक रुपमा ल्याइने सुन २० केजी नै हो । यसले नेपाली बजारको माग धानेकै थियो ।
अहिले एकाएक पसल नै बन्द गर्नुपर्ने अवस्था किन आयो ? सुरक्षा अधिकारीहरुका अनुसार पछिल्लो समय सुन तस्करीमा कडाइ भएको छ ।
चुडामणि उप्रेती (गोरे) समूह, जसले चार वर्षमात्र ३८ क्लिन्टल सुन तस्करी गरेको सरकारी छानविन समितिले देखाएको छ । त्रिभुवन विमानस्थलबाटै सुन तस्करी गर्ने गोरे समूह अहिले छिन्नभिन्न भएको छ ।
विदेशबाट फर्किनेहरुलाई भरिया बनाएर सुुन ल्याउनेहरु पनि प्रहरीको निशानामा परेका छन् । साथै रसुवागढी सीमा नाकामा गरिएको कडा निगरानीका कारण ‘गोल्डेन ब्ल्याक मार्केट’ बन्द जस्तै भएको छ ।
गोरे समूहको अध्ययन गरिरहेका सुरक्षा अधिकारीहरुका अनुसार तस्करीको धेरै सुन भारत जाने भएपनि केही नेपालमा पनि खपत हुन्थ्यो । त्यही बन्द भएपछि सुनको अभाव सुरु भएको हो ।
‘देशभरका ३३ प्रतिशत सुनचाँदी पसल अझै भ्याटमा दर्ता छैनन् । उनीहरुले ब्ल्याक मार्केटबाट सुन उठाउँथे र बेच्थे । त्यसैकारण अघिल्ला वर्षहरुमा सरकारले उपलब्ध गराउने सुनले माग धानेको जस्तो देखिन्थ्यो,’ एक व्यवसायी भन्छन्, ‘यो वर्ष त्यस्तो अवस्था रहेन । सबैले सुन वैधानिक रुपमै लिन थालेपछि सरकारले दिएको सुनको कोटा निकै कम भयो ।’
तर, भ्याटमा दर्ता नभएका मात्र होइन, ठूला व्यवसायीले पनि ८५ प्रतिशतसम्म सुनको स्रोत देखाउन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख हुनुले अवैध सुनको बजार हिस्सा प्रष्टै हुन्छ ।
व्यवसायीका आफ्नै दावी
महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य पनि मागअनुसारको कच्चा सुन नपाउँदा व्यवसाय चलाउनै नसकिने अवस्था आएको बताउँछन् ।
बजारमा दैनिक ३५ केजी कच्चा सुन नदिए पसल खोलेर बस्न सक्ने अवस्था नरहेको उनको दावी छ । उनका अनुसार अहिले एउटा पसलले हप्तामा ५० ग्राम कच्चा सुन पाउँछ, जुन अपर्याप्त हो ।
विदेशबाट फर्किनेले ल्याउने ५० ग्रामसम्मको भन्सार नलाग्ने झिटीगुन्टा सुन रोकेका कारण पनि यस्तो अवस्था आएको शाक्यले बताए । विदेशबाट फर्किनेले तयारी गरगहाना ल्याउन चासो नदिएको व्यवसायहरु बताउँछन् ।
नयाँ गहना दिन नसक्ने अवस्था रहेको भन्दै पूर्वअध्यक्ष शाक्यले बजारमा प्रयोगकर्ताले फिर्ता गर्ने गहना लिएर पसल चलाउनुपर्ने अवस्था आएको सुनाए । ‘धेरै ग्राहकलाई त रित्तै फिर्ता गर्नुपरेको छ । कच्चा सुन छैन भने गहानाको डिमान्ड लिएर मात्रै भएन,’ उनले सुनाए, ‘यो वर्ष अवस्था धेरै नै जटिल छ । सरकारले सुनेन भने काठमाडौंमा पनि पसल बन्द गर्नुपर्ने अवस्था आउँछ ।’
दैनिक कोटामा १० केजी बढ्दै
राष्ट्र बैंक चाडपर्वका बेला दैनिक थप १० केजी सुन ल्याउन तयार देखिएको छ । तर, यसका लागि कार्यविधि संशोधन गर्नुपर्ने हुन्छ ।
सुनको आयात तथा बिक्री वितरणको छुट्टै कार्यविधि छ । त्यसमा संशोधनका लागि उद्योग मन्त्रालयका सहसचिव संयोजकत्वको एक समिति छ । त्यसले सिफारिस गरेपछि कार्यविधि संशोधन हुन्छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन्, ‘हामीले उद्योग मन्त्रालयमा लेखेर पठाएका छौं । सिफारिस आएपछि कार्यविधि संशोधन गरेर १० केजी कोटा थप्छौं ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












