हवाई यात्रुको बिमा अब १ करोड ७८ लाख
काठमाडाैं ८,भदाै । हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० अमेरिकी डलर (१ करोड ७७ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ ।
विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परीवहन विषयक नियमहरू एकीकरण व्यवस्था गर्ने मोन्ट्रियल महासन्धि पेश गरेका थिए । उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो । महासन्धि पारित भएर लागू भएको १४ वर्षपछि नेपालमा कार्यान्वयनमा आएको हो । सन् २००३ नोभेम्बर ४ बाट महासन्धि विश्वव्यापी कार्यान्वयनमा आएको थियो ।
संसदले अनुमोदन गरेको महासन्धि ६० दिनपछि विधिवत कार्यान्वयमा आउनेछ । असार ३२ गते मन्त्रिपरिषद्ले उक्त महासन्धिलाई संसद लैजाने निर्णय गरेको थियो । अब अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा मृतक, घाइते तथा कार्गोकोसमेत क्षतिपूर्ति दावी गर्न सक्नेछन् । सरकारले अब मोन्ट्रियल महासन्धि अनुमोदन गरिएको जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा पठाउनेछ । आइकाओले स्वीकृति दिएसँगै हवाईजहाज दुर्घटनाका पीडितले मोन्ट्रियल सन्धिअनुसार क्षतिपूर्ति पाउनेछन् । क्षतिपूर्ति रकमको विषयमा मोन्ट्रियल सन्धिमा मुख्यतः दुईवटा दायित्वको अवलम्बन गरेको छ ।
नेपाल अहिले ‘वार्सा महासन्धि १९२९’ र सो को ‘हेग प्रोटोकल १९५५’ सदस्य राष्ट्र हो । वार्सा महासन्धिअनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था छ । तर, नेपाल ‘मन्ट्रियल सन्धि’ राष्ट्र सदस्य भएपछि यो रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् एक लाख ५८ हजार नौ सय १० अमेरिकी डलर पुग्नेछ । सोहीअनुसार विमान दुर्घटनामा ज्यान गुमाएका तथा अंगभंग भएका पीडितका परिवारले १ करोड ७८ लाख रुपैयाँ हाराहारीमा पाउनेछन् ।
यससँगै महासन्धिमा जहाज दुर्घटनामा एयरलाइन्स कम्पनीको कमजोरी रहेको अवस्थामा पनि असीमित दायित्व बिमा दाबी गर्न पाउने व्यवस्था छ । यसअघिको वार्सा सन्धिमा भने पीडितका परिवारले नै जहाज दुर्घटनामा एयरलाइन्स कम्पनीको कमजोरी रहेको भनी प्रमाणित गर्नुपर्ने व्यवस्था पनि मोन्ट्रियल सन्धिले खारेज गरेको छ ।
महासन्धिमा एयरलाइन्स कम्पनी आफैंले आफ्नो वाहनको कुनै कमजोरी नरहेको भनी प्रमाणित गरेको अवस्थामा मात्रै असीमित बिमा दायित्वको दाबी गर्न नपाउने व्यवस्था छ । यसअघि नेपाल सदस्य रहेको वार्सा सन्धिमा यो व्यवस्था थिएन । वार्सा सन्धिमा हवाई दुर्घटनाका पीडितले जम्मा क्षतिपूर्तिबापत २० हजार डलरमात्रै पाउने व्यवस्था गरेको थियो ।
हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आइकाओले मोन्ट्रियल सन्धि ल्याउन प्रमुख भूमिका खलेको थियो । सोहीअनुसार १९९९ को मे २८ मा जारी भएको थियो । सन् २००३ नोभेम्बर ४ बाट महासन्धि विश्वव्यापी कार्यन्वयनमा आएको थियो । आइकाओको १ सय ९१ सदस्य राष्ट्रमध्ये १ सय ३१ राष्ट्र मोन्ट्रियल महासन्धिको पक्षमा रहेका छन् । मोन्ट्रियल महासन्धि कार्यन्वयपछि पीडितका परिवारले असीमित दायित्व बिमा दाबीका लागि पाँच तवरबाट मुद्दा लड्न पाउने व्यवस्था गरेको छ ।
सन्धिमा जहाज उडेको देश, गन्तव्य देश, बिजनेस भएको देश, जहाज रजिष्ट्रेसन भएको देश र यात्रु बसेको देशको आधारमा असीमित बिमा रकमका लागि मुद्दा लड्नसक्ने व्यवस्था छ । तर, यसअघिको वार्सा सन्धिमा भने यात्रु बसेको देशको आधारमा असीमित बिमा रकमका लागि मुद्दा लड्नसक्ने व्यवस्था थिएन । नेपाल सन्धि सदस्य राष्ट्र भएलगत्तै नेपाली यात्रुले जनसुकै राष्ट्रको जहाज चढ्दा पनि यी अनुसार रकम पाउनेछन् ।
मोन्ट्रियल महासन्धिमा कार्गो सामान क्षतिमा प्रतिकेजी १९ एसडीआर र लगेजको क्षतिपूर्ति रकम १ हजार १ सय ३१ एसडीआर पाउने व्यवस्था छ । यसैगरी सन्धिमा यसबाहेक पनि विलम्ब क्षतिपूर्ति रकमको पनि व्यवस्था गरेको छ । यसमा ४ हजार ६ सय ९४ एसडीआर तोकेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












